विमल गुरुङले सहिदहरूलाई दिए श्रद्धाञ्जली; भने ‘गोर्खाल्याण्डको निम्ति लडीरहनेछौँ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, July 25, 2018

विमल गुरुङले सहिदहरूलाई दिए श्रद्धाञ्जली; भने ‘गोर्खाल्याण्डको निम्ति लडीरहनेछौँ’

गफसफ.com, दार्जीलिङ 25 जुलाई।
गोर्खा जनमुक्ति मोर्चाका भुमिगत नेता विमल गुरुङले सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै प्रेस विज्ञप्ती जारी गरेका छन्। ‘27 जुलाई शहीद दिवसको पवित्र दिनमा गोर्खाल्याण्डका शहीदहरूलाई हार्दिक श्रद्धाञ्जली चढाउँदछु’ विमल गुरुङले विज्ञप्तिको पहिलो पङ्क्तिमा नै भनेका छन्।
Bimal Guurung -File Photo

यसक्रममा उनले शहीदहरूले जुन उद्देश्यले आफ्नो प्राणाहुती दिए त्यो निश्चय नै पुरा हुनेछ भनि बताएका छन्। यसक्रममा उनले शहीदका आमाहरूलाई पनि जारी विज्ञप्तीमा सम्झना गरेका छन्।
‘पराईको राअर्थ र अधिकारको निम्ति हामीले ज्यान दिएको इतिहास धेरै छ तर आफ्नो माटोको निम्ति, अधिकारको निम्ति प्राण दिएको 27 जुलाई प्रथमपल्ट हो। यस पुनित दिन जबसम्म यस धरतीमा घाम जून रहनेछ तबसम्म विश्वभरिका गोर्खाले शहीद दिवस पालन गर्नेछ’ विमल गुरुङले भनेका छन्। उनले जारी विज्ञप्तीमा सबै राजनैतिक दलहरूलाई एकसुत्रमा आएर एकवद्ध भई शहीदको सपना साकार बनाउने आह्वान पनि गरेका छन्।
‘पूर्वका कलहहरू त्यागेर सबै-सबै एकैमञ्चमा आएर आफ्नो राज्य गोर्खाल्याण्ड गठनको निम्ति एकवद्ध भएर अग्रसर भइदिने आह्वान गर्दछु। यस शहीद दिवसको महान कार्यको आरम्भ हामी गोजमुमोबाट गर्ने बचन पनि दिँदछु’ विमल गुरुङले भनेका छन्। यसक्रममा गुरुङले शहीदहरूको सपना साकार नभएसम्म गोर्खाल्याण्ड प्राप्तिको निम्ति लडीरहनेछौँ पनि भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad