गफसफ.com कालेबुङ, 10 जुलाई
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका नेता सी.के प्रधान हत्याकाण्डको मुद्दाले
पुन: एकचोटी चर्चा पाएको छ। गोजमुमो अध्यक्ष एवम् जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनका
अध्यक्ष विनय तामाङले सी.के प्रधान हत्याकाण्डको मामिलालाई पुन: सीबीआई जाँचको
निम्ति पहल गर्ने घोषणा गरेपछि चर्चा पाएको हो।
![]() |
स्व. सी.के प्रधानका दाजु डी.के प्रधान |
उसै त सी.के प्रधान हत्याकाण्डको मामिला अहिले पनि सीबीआईकै हातमा रहेको छ। 3
अक्टोबर 2002 का दिन कालेबुङ शहरको डडुँवा डाँडामा दिउँसै गोलि ठोकेर हत्या गरिएको
गोरमुमो नेता सी.के प्रधानको परिवार पक्षले अहिलेसम्म न्याय नपाएको भन्दै उक्त
मुद्दालाई पुन: सीबीआई समक्ष उठाउने विनय तामाङले घोषणा गरेका छन्। तामाङको घोषणा
पछि स्व. सी.के प्रधानका दाजु कर्णल (अप्रा) डी.के प्रधानले आफ्नो प्रतिक्रिया
दिँदै आफुहरूले न्याय पाउने आशा मारिसकेको अवस्थामा जीटीए अध्यक्ष विनय तामाङको
घोषणाले झिनो आशा जागेको बताएका छन्।
‘सी.के प्रधान हत्यामा हामीले न्याय पाउने आशा मारिसकेका छौँ’ स्व. प्रधानका
दाज्यु डी.के प्रधानले अझ भने- ‘अहिले सीके प्रधानको हत्या भएको 16 वर्ष भइसक्यो।
सन् 2011 देखि सीबीआईले गवाही लिने कार्य गरिरहेको छ। यससम्बन्धमा अहिलेसम्म
न्यायालयले के आदेश दियो, मुद्दा कहाँ पुग्यो हामीलाई केही जानकारी छैन।’ उनले
हत्या भएको 16 वर्षसम्म पीडित परिवार पक्षले न्याय नपाउँदा आफुहरूको न्याय पाउने
आशा नै मरिसकेको बताएका हुन्।
विनय तामाङको घोषणा पछि आज पहिलोपल्ट प्रतिक्रिया दिँदै स्व. सीके प्रधानका
दाजु डीके प्रधानले आफ्नो भाइको हत्या भएको 16 वर्षसम्ममा पनि न्याय नपाउँदा
सम्पूर्ण आशा मरिसके पनि अहिले जीटीए अध्यक्ष विनय तामाङले पुन: जाँचको निम्ति पहल
गर्ने घोषणाले झिनो न्यायको आशा जागेको बताएका छन्। ‘हामी परिवारहरूले आशा
मारिसकेका छौँ तर, अहिले जीटीए प्रशासक विनय तामाङले सीके प्रधान हत्याको पुन:
सीबीआईको जाँच गराउने बयान दिएपछी हामीलाई झिनो आशा जागेको छ’ प्रधानले भने।
उक्त हत्याको जाँच सरकारको पक्षबाट सीबीआईले नै लडीरहे पनि पीडित परिवारले
यतिका वर्षसम्म न्याय नपाउँदा दुखेसो प्रकट गरेका हुन्। ‘अहिले पनि मुद्दा सीबीआईकै
हातमा छ। अब विनय तामाङले यस हत्याकाण्डको मुद्दालाई कसरी अघि बडाएर न्यायको
निम्ति पहल गरिदिने हुन् त्यो थाह छैन। तर, जनतासामु घोषणा गरिएपछि निश्चय नै पहल
गर्छन् होला। उनको यस घोषणा पछि झिनो न्याय पाउने आशा जागेको हो’ डी.के प्रधानले
भने।
No comments:
Post a Comment