विनय तामाङको आरोपप्रति लीला गुरुङको जवाब; भने –‘3 दिनभित्रमा माफी नमागे मुद्दा दर्ता गर्नेछौँ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, July 10, 2018

विनय तामाङको आरोपप्रति लीला गुरुङको जवाब; भने –‘3 दिनभित्रमा माफी नमागे मुद्दा दर्ता गर्नेछौँ’

गफसफ.com कालेबुङ, 10 जुलाई

यो 15 लाखको जुन कुरा छ यसबारे उहाँले (विनय तामाङले) सार्वजनिक रूपले आगामी तीनदिन भित्रमा जनतासामु माफी माग्नुपर्छ होइन भने यो कुरा प्रमाणित गर्नुपर्छ। यदि तीनदिनभित्रमा प्रमाणित नगरे अथवा जनता सामु माफी नमागे हामी मानहानीको मुद्दा लगाउनेछौँउक्त कुरा हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसनका सचिव लीला कुमार गुरुङले भनेका हुन्।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै लीला गुरुङ, सचिव हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसन
उनलाई सोम्बार गोजमुमो अध्यक्ष विनय तामाङले कालेबुङको जनसभाबाट सेभोक रम्फु रेल परियोजना मार्फत 15 लाख रुपियाँ मागेको आरोप लगाएपछि आज पत्रकार सम्मेलन आयोजना गरेर उक्त झुटो कुराको निम्ति जनता समक्ष माफी माग्नुपर्ने, होइनभने मुद्दा दर्ता गर्ने चेतावनी दिएका हुन्। यसक्रममा हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसनका सचिव लीला कुमार गुरुङले आफूलाई लगाएका सम्पूर्ण आरोपहरूलाई आधारहिन रहेको बताएका छन्। उनले आफूलाई लगाएका गम्भीर आरोपहरूका निम्ति विनय तामाङले माफी माग्नुपर्ने तीन दिनको समय सीमा पनि तोकेका छन्।

15 लाखको कुरा कहिल्यै गरिएको छैन। यसभन्दा अघि एनएचपीसीले 2004 मा 2 करोड दिँदा समेत हामीले त्यसलाई नकारेर आन्दोलनलाई जारी राखेर सर्वोच्च न्यायालयमा समेत गएका हौँ’ – लीला गुरुङले विगतका दिनमा आफूलाई पैसाले किन्न नसकेको उदाहरण दिँदै तामाङलाई कटाक्ष गरे अनि अझ भने कुनै पनि सङ्गठनलाई हामीले 5 हजार दिनु भनेका छैनौँ। यसबारे कसैलाई पनि सोधे थाह लाग्नेछ।

उनले आफुहरू बनअधिकार कानुन अनुसार बनबासीको पक्षमा काम गरिरहेको दाबी गर्दै जीटीए अध्यक्ष पदमा आसिन व्यक्तिबाट आफुहरूले यस्तो तल्लो स्तरको बयानको अपेक्षा नराखेको पनि बताए। हामीले बनअधिकार कानुनलाई लिर काम गरिरहेका छौँ। कसैलाई ढाँट्ने काम गरेका छैनौँलीला कुमार गुरुङले भने। उनले आफुहरूलाई लगाएका सम्पूर्ण आरोपहरू आधारहीन हो भन्दै यस्ता आरोपहरूले आफुहरूलाई गहिर्प आघात पुगेको बताएका छन्।

विनय तामाङले रेल्वे विभागसँग राखेका सम्पूर्ण मागहरू स्वीकृत गरेको कारण जीटीएको पक्षबाट एनओसी दिएको दाबीलाई पनि खण्डन गरेका छन्। सेभोक देखि रम्फुसम्म रेलमार्ग निर्माण हुन जीटीए क्षेत्रमा तीनवटा स्टेसनहरू निर्माण हुन पर्ने, टनल खन्ने कार्यमा विस्फोटक पदार्थको प्रयोग नहुनु पर्ने, रेल्वे मार्ग नजिक क्षेत्रहरूमा विकासका कार्यहरू हुन पर्ने आदि मागहरूलाई रेल्वेले स्वीकार गरेको कारण जीटीएले एनओसी दिएको कुरा पूर्णरूपले झुटो हो भन्दै गुरुङले भने- तामाङले सेभोक रम्फु रेलमार्ग निर्माण हुँदा चारवटा रेल्वे स्टेसनहरू बनिने जुन दाबी गरेका छन् त्यो झुटो हो। किन भने तत्कालीन रेलमन्त्री ममता ब्यानर्जीले शिल्यान्यास गर्दा रियाङ, गेलखोला, तिस्ताबजार, मल्ली र रम्फु भनेर त्यसबेलाकै डीपीआरमा छ। यो उहाँले सोझै जनतालाई ढाँटेका हुन्।

अर्कोतर्फ लीला गुरुङले बन अधिकार कानुन 2006 लागु नगरेसम्म कुनै पनि विकास कार्यहरूका निम्ति आफुहरूले एनओसी नदिने स्पष्ट पार्दै सरकारलाई सहयोग नगर्ने पनि बताएका छन्। जबसम्म बन अधिकार कानुन 2006 लागु हुँदैन तबसम्म हामी कुनै पनि विकास कार्यमा सहयोग गर्नेछैनौँलीला गुरुङले स्पष्ट शब्दमा भने।

कालेबुङको दुःख निवारक सम्मेलनमा आयोजित पत्रकार सम्मेलनमा अर्गनाइजेसनका दार्जीलिङ, खरसाङ, मिरिक, कालेबुङ र तराई डुवर्सका कार्यकर्ताहरूको पनि उपस्थितिमा रहेको थियो। यस अवसरमा सङ्गठनका अन्य प्रतिनिधीवर्गले पनि गोजमुमो अध्यक्ष विनय तामाङले लगाएका सम्पूर्ण आरोपहरूको जमेर खण्डन गरेका थिए।

No comments:

Post a Comment

Post Bottom Ad