फिफा वर्ल्ड कप २०१८: ईङ्ग्ल्यान्डलाई पराजित गरेर क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, July 11, 2018

फिफा वर्ल्ड कप २०१८: ईङ्ग्ल्यान्डलाई पराजित गरेर क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा

 गफसफ.com, मस्को १२ जुलाई।

 मारियो मानजुकिचले अतिरिक्त समयमा लगाएको गोलको कारण क्रोएसिया फिफा विश्वकप २०१८  को फाइनलमा प्रवेश गरेको छ। अत्यन्तै रोमाञ्चक रहेको खेलमा क्रोएसियाले ईङ्ग्ल्यान्डलाई २-१ ले पराजित गरेको हो।

भारतीय समय अनुसार बुधबार राती खेलिएको खेलमाको ५औं मिनटमा १ गोलको अग्रता लिएको थियो। सुरुमा नै पछाडी परेको क्रोएसियाले सानदार वपासी गर्दै पहिलोपल्ट विश्वकपको फाइनलमा प्रवेश गरेको हो। 

निर्धारित समय सम्म खेल १-१ को बराबरीमा रोकिएको थियो। जसको कारण ३० मिनटको अतिरिक्त समयको खेल खेल्न परेको थियो। अतिरिक्त समयको दोस्रो हाफमा ११९ औं मिनटमा क्रोएसियाका खेलाडी मानजुकिचले गरेको गोलकै भरमा क्रोएसियाले फाइनलमा स्थान बनाएको हो भने ईङ्ग्ल्यान्डको हार निश्चित बनेको थियो। 

ईङ्ग्ल्य्वन्डका खेलाडी किरेन ट्रिपियरले ५ औं मिनटमा हिर्काएको फृ किकलाई गोलमा परिणत गरेर ईग्ल्यान्डको सुरुआत राम्रो गरेका थिए। १-० ले पछि परेका क्रोएसिया खेलाडीहरूले पनि गोल गर्ने सक्दो प्रयास गरे पनि आखिरमा ७८ औं मिनटमा इवान पेरिसिचले गोल गरेर १-१ को बराबरी बनाएको हो। जुन गोल सङ्ख्या खेलको निर्धारित ९० मिनटसम्म पनि परिवर्तन हुन सकेन। 

विश्वकपको सेमिफाइनलमा १८ चोटिको खेलमा यो केवल दोस्रो मौका हो जहाँ खेलको पहिलो हाफसम्म बढत हासिल गरेर दोस्रो हाफमा पराजित हुन परेको हो। यसभन्दा पहिला १९९० मा ईँटाली अर्जेन्टिनाको विरुद्धमा बढत बनाएर पनि पेनल्टीमा पराजित भएको थियो। यो हारसँगै ईङ्ग्ल्यान्डको फाइनलमा पुग्ने सपना चक्नचुर भएको छ। 

यसभन्दा अघि ईङ्ग्ल्याण्डले १९६६ मा फाइनलमा पुगेर खिताब जितेको थियो। विश्वकपको इतिहासमा केवल दोस्रोपल्ट मात्र सेमिफाइनल खेलिरहेको क्रोएसियाले यसभन्दा अघि १९९८ मा फ्रान्समा सेमिफाइनमा पुगेको थियो आयोजक देश फ्रान्ससँग पराजित बन्न परेको थियो। यता सेमिफाइनलमा हार पछि ईङ्ग्ल्यान्ड आगमी १४ जुलाईका दिन तेस्रो स्थानको निम्ति बेल्जियमसँग भिड्ने भएको छ। 

ईङ्ग्ल्यण्दले खेलको सुरुआत आक्रमक गरेको थियो भने दोस्रो हाफमा क्रोएसियाले आफ्नो दबदबा बनाएको थियो। खेल अवधी दुवै टोलिका खेलाडीहरू आपस्तमा भिडेका पनि थिए। क्रोएसियाका कप्तान लुका मोड्रेकले डेले अलिलाई लडाएपछी ईङ्ग्ल्यान्डले सुरुमानै फृकिक पाएको थियो। जसलाई ट्रिपियरले विपक्षी दलको गोलपोस्टमा छिराएका थिए। ईङ्लिस प्रीमिरय लिग टोटनहेमबाट खेल्ने ट्रिपियरले वर्ष २००६ मा ईक्वेडर विरुद्ध डेविड वेहकमको गोलपछि पहिलोपल्ट विश्वकपमा फ्री किककलाई गोलमा परिणत गरेका हुन् । 

ईङ्ग्ल्यान्डको निम्ति १२ औं अनि १४ औं मिनटमा दुईवटा कर्नर मिलेको थियो तर यसको फाइदा भने उठाउन सकेन। यसअवधी क्रोएसिया खेलाडीहरूले गोल गर्ने मौका खोजिरहेको थियो। १९ औं मिनटमा बराबरी गर्ने सुन्दर मौकालाई ईङ्ग्ल्यान्डका गोलकिपरले रोकेका हुन्। जोर्दन पिकार्डोले क्रोएसिया खेलाडीले हिर्काएको दमदार सर्टलाई रोकेपछि ईङ्ग्ल्यान्डको उत्साह अझ बडेको थियो। 

३० औं मिनटमा ईङ्ग्ल्यान्डलाई अर्को गोल गर्ने मौका।मिलेको थियो तर कप्तान हेरिकेनले गोल गर्ने अवसर चुकाएका हुन् । पहिलो प्रयासलाई गोलकिपरले रोकेपछी दोस्रो सर्ट गोलपोस्टमा लागेको हो। दुवै टोलिले खेलको क्रममा गोल गर्ने मौका बनाए पनि एकाधिक प्रयास असफल बनेको हो। 

निर्धारित खेलको समय १-१ को बराबरीमा रोकिएपछि अतिरिक्त समयको खेलमा क्रोएसियाको फाइनलमा जाने भाग्य खोलिएको हो। अतिरिक्त समयको ११९ औं मिनटमा क्रोएअसियाले आक्रमक खेल खेले भने पेरिसिचको पासलाई मानजुकिचले ईङ्ग्ल्यान्डकी गोलपोस्टमा छिराएपछी पहिलोपटक विश्वकप फाइनलमा पुगेको हो। जसको भिडन्त आगमी १५ जुलाईका दिन फ्रान्ससँग हुनेछ।

No comments:

Post a Comment

Post Bottom Ad