वासुदेव पुलामीलाई भाइचन्द पुरस्कार अनि राजेन मोक्तानलाई पूर्ण राई स्मृति पुरस्कार प्रदान - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, July 14, 2018

वासुदेव पुलामीलाई भाइचन्द पुरस्कार अनि राजेन मोक्तानलाई पूर्ण राई स्मृति पुरस्कार प्रदान

गफसफ.com, कालेबुङ १४ जुलाई। 

युवा कवि वासुदेव पुलामीलाई भाइचन्द्र प्रधान पुरस्कारले सम्मानित गरिएको छ भने राजेन मोक्तानलाई पूर्ण राई स्मृति पुरस्कार प्रदान गरिएको छ। २०४ औं भानु जयन्ती समारोहमा नेपाली साहित्य अध्ययन समितिले दुवैलाई पुरस्कृत गरेको हो। 


नेपाली साहित्य अध्ययन समिती, कालेबुङले प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको उक्त पुरस्कार यसवर्ष वासुदेव पुलामी अनि राजेन मोक्तानलाई प्रदान गरिएको हो।

नेपाली साहित्य अध्ययन समितिले प्रकाशित गर्ने साहित्य सङ्केतमा प्रकाशित कथा चक्रव्युहका निम्ति राजेन मोक्तानलाई पूर्ण राई स्मृति पुरस्कारले सम्मनित गरिएको हो। कार्यक्रमको तेस्रो चरणमा युवा कवि वासुदेव पुलामीलाई उनका कविता कृति उज्यालोका आँखाका निम्ति भाइचन्द्र प्रधान पुरस्कारले सम्मानित गरिएको छ। 

कार्यक्रमका मुख्य अतिथी, विशिष्ट अतिथिको वाहुलीवाट दोसल्ल ओढाएर, स्मृति चिन्ह प्रदान गरेर उनीहरूलाई सम्मानित गरिएको छ। यस अवसरमा रूपेश शर्माले भानुभक्त सम्बन्धी वार्ता प्रस्तुत गरेका थिए। 

शुक्रबार नेपाली साहित्य अध्ययन समिती अनि सूचना एवम् सान्संकृतिक विभाग पश्चिम बङ्गालको आयोजनामा २०४ औं भानु जयन्ती भव्यताको साथ पालन गरिएको हो। रामकृष्ण रङ्गमन्चमा आयोजित कार्यक्रममा मुख्य अतिथिका रूपमा जिल्लापाल डा. विश्वनाथ उपस्थित रहेका थिए भने विशिष्ट अतिथिका रूपमा आयकर विभागका डिपुटी कमिश्नर फानुस सादा उपस्थित रहेका थिए। कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष ज्ञान सुतारले गरेका थिए। यता तेस्रो चरणको कार्यक्रममा भने गोकुल सिन्हा मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए।

पहिलो चरणको कार्यक्रम त्रिकोण  पार्कमा अवस्थित भानुभक्तको सालिगमा माल्यार्पण गरिएको थियो। दोस्रो चरणको कार्यक्रम भने रामकृष्ण रङ्गमन्चमा भएको थियो। जिल्ला सूचना अधिकारीले स्वागत सम्बोधन राखेको कार्यक्रममा अध्ययन समितिका अध्यक्ष बलभद्र शर्माले सन्चालन गरेका थिए। यअसै अवसरमा वासुदेव पुलामी अनि राजेन मोक्तानलाई पुरस्कृत गरियो भने  आइएसई अनि आइसिएसई परिक्षामा नेपाली विषयमा सर्वोच्छ अङ्क प्राप्त गर्ने विद्यार्थीवर्गलाई सम्मान जनाइएको थियो। यसै अवसरमा युवा साहित्य अकादमी पुरस्कार प्रापक कथाकार छुदेन काबिमोलाई पनि सम्मान जनाइएको थियो। कार्यक्रममा विद्यार्थीवर्गमाझ लोकगीत प्रतियोगिता पनि सम्पन्न भएको थियो। 

No comments:

Post a Comment

Post Bottom Ad