गीताञ्जलि आवास योजनाअन्तर्गत घर बनाउने पहिलो किश्ता सोझै पस्यो लाभार्थीहरूको खातामा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, July 13, 2018

गीताञ्जलि आवास योजनाअन्तर्गत घर बनाउने पहिलो किश्ता सोझै पस्यो लाभार्थीहरूको खातामा

गफसफ.com, कालेबुङ १३ जुलाई।

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमार्फत दार्जीलिङ पहाड़का कूल 1216 वटा विपन्न परिवारलाई गीताञ्जलि आवास योजनाअन्तर्गत घर बनाउने पहिलो किश्ता लाभार्थीहरूको खातामा जमा गरिएको छ।


कूल 1336 लाभार्थीहरूमध्ये 1216 जना लाभार्थीहरूको पहिलो किश्ता ब्याङ्कमा जमा भइसकेको छ भने अन्यको पनि अनुमोदन भइसकेको छ। उनीहरूको आगामी दुई-तीन दिनभित्रमै ब्याङ्कमा जमा गरिने भएको छ।

कूल 75 हजार राशिमध्ये पहिलो किश्तामा 52 हजार 500 रूपियाँ लाभार्थीहरूको ब्याङ्क खातामा सोझै जमा गरिएको छ। 'पहाड़का विपन्न वर्गले आफ्नो घर बनाउनुको निम्ति पाउने उक्त रकममा कुनै धाँधली नहोस् अथवा लाभार्थीहरूले सोझै उक्त रकम प्राप्त गरून् भन्ने उद्धेश्यले नै पहिलो किश्ता सोझै लाभार्थीहरूको ब्य़ाङ्क खातामा जमा गरिएको हो। लाभार्थीहरूले पहिलो किश्तामार्फत आफ्नो घर निर्माण शुरू गरेपछि पुनः दोस्रो किश्ता पनि सोझै उनीहरूको ब्य़ाङ्क खातामा जमा गरिनेछ' जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनका अध्यक्ष विनय तामाङले भने।

यसक्रमा यसपल्ट छोडीएका मानिसहरूको पनि जानकारी दिएका छन्।  छोड़िएका गीताञ्जलि आवास योजनाका लाभार्थीहरू क्रमैले खरसाङ ब्लकबाट 227, पुल- बिजनबारी ब्लकबाट 236, सुके पोखरी ब्लकबाट 150, रङली- रङलियट ब्लकबाट 120,कालेबुङ I - 70, कालेबुङ II - 204, गोरूबथान ब्लक 90, दार्जीलिङ 119, मिरिक ब्लक 90 अनि सोनादा पचेङ 30 रहेको छ। यसबाहेक मिरिकका 90  अनि पचेङका 30 गरेर कूल 120 जना लाभार्थीहरूको रकम केही दिनभित्रमै खातामा जमा गरिनेछ। 'अहिलेसम्म खातामा जमा गरिएको गीताञ्जलि आवास योजनाको रकम 6 करोड़ 38 लाख 40 हजार रहेको छ भने मिरिक अनि पचेङक्षेत्रका 120 जना लाभार्थीहरूको निम्ति अब  अझै 63 लाख रूपियाँ जमा गरिनेछ' तामाङले भने।

पहिलो चरणको गीताञ्जलि आवास योजनाको रकम छोड़िसकेपछि फेरि तुरून्तै अन्य आवेदनकारीहरूको निम्ति पनि गीताञ्जलि आवास योजनाको आवेदन स्वीकार गरिनेछ अनि यथाशीघ्र राशि पनि प्रदान गरिने पनि उनले जानकारी दिएका छन्। 

'दार्जीलिङ पहाड़का विपन्न परिवारका मानिसहरूको निम्ति यसवर्षदेखि जीटीएमार्फत नै गीताञ्जलि आवास योजनाकोअन्तर्गत घर बनाउने राशि प्रदान गरिरहेको छ। यसको निम्ति पश्चिम बंगालकी मुख्यमन्त्री ममता व्यानर्जी एवं राज्य सरकारसित हामी हार्दिक आभार पनि व्यक्त गर्दछौं। राज्य सरकारसित प्रशासनिक मित्रता राखेर हामी हाम्रा मानिस अनि पहाड़वासीलाई हरेक प्रकारको सुविधा उपलब्ध गराउन प्रतिवद्ध रहेका छौं' तामाङले अझ भने 'जनताको प्रत्येक दुःख, पीड़ा अनि समस्याहरू समाधान गर्ने ध्येयले हामीले प्रतिवद्धता अनि सङ्कल्पको साथम पूर्ण होसमा कार्य गरिरहेका छौं।'

उनले उक्त योजना मार्फत आर्थिक राशी प्राप्त गर्नेहरूलाई शुभकामा समेत दिएका छन्। 'आज गीताञ्जलि आवास योजनाको पहिलो किश्ता प्राप्त गर्ने सम्पूर्ण लाभार्थीहरूलाई हार्दिक शुभकामना पनि व्यक्त गर्दछु। घरजस्तो महत्वपूर्ण अनि आवश्यक कुरोको निम्ति प्रदान गरिएको उक्त रकमको सठीक प्रयोग गर्ने आह्वान पनि म सबै लाभार्थीहरूलाई गर्न चाहन्छु' तामाङले भने। 

No comments:

Post a Comment

Post Bottom Ad