गोरामुमोको पोस्टरिङ; लिला गुरुङको स्थान्तरणलाई भन्यो पोलिटिकल भिक्टिमाइज - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, July 14, 2018

गोरामुमोको पोस्टरिङ; लिला गुरुङको स्थान्तरणलाई भन्यो पोलिटिकल भिक्टिमाइज

गफसफ.com, कालेबुङ १४ जुलाई। 

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसनका सचिव लिला गुरुङलाई स्थान्तरण गरिएको मुद्दालाई राजनैतिक रङ्ग दिएको छ। गोरामुमोले गुरुङको स्थान्तरण भिक्टिमाइज ट्रान्सफर भन्दै शहरमा पोस्टरिङ समेत गरेको छ।



उनलाई कुमाई हाई स्कुलबाट स्थान्तरण गरेर रिम्बिक पठाउनु भिक्टिमाइज ट्रान्सफर हो भन्दै यस्तो अन्याय सहन गर्दैनौं भनेको छ। यसका साथै उनको स्थान्तरण रोक्नुपर्ने माग गरेको छ।

स्मरण रहोस्, लिला कुमार गुरुङलाई  सेन्ट्रल स्कुल सर्भिस कमिसनले प्रशासनिक हवाला दिएर गत २६ जुनको दिन  कुमाई हाइस्कुलबाट रिम्बिक हाइ स्कुलमा स्तानतरण गरेको आदेश जारी गरेको छ। सोही विषयलाई गोरामुमोले पोलिटिकल भिक्टिमाइज भएको दाबी गरेको हो। बनबासीको मुद्दा उठाएको कारण उनलाई पोलिटिकल भिक्टिमाइज गरेको गोरामुमोले पोस्टरमा दावी गरेको छ। 

गोरामुमोले आज कालेबुङ शहरमा टाँसेको पोस्टरमा पहाडमा रहेको चिया कमानको समस्या लिएर सिलगढीको उत्तरकन्यामा गोरामुमो अध्यक्ष मन घिसिङले ५ सुत्रीय माग पेश गरेको दाबी पनि गरेको छ। यसका साथै 2006 को वनाधिकार कानुन लागू गर्नुपर्ने मागलाई स्वागत जनाएको छ। 

No comments:

Post a Comment

Post Bottom Ad