साइन्स सेन्टरको आयोजनामा आइडिया कन्टेस्ट अनि इनोभेटिभ साइन्स मोडलको प्रदर्शनी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, July 12, 2018

साइन्स सेन्टरको आयोजनामा आइडिया कन्टेस्ट अनि इनोभेटिभ साइन्स मोडलको प्रदर्शनी

गफसफ.com, कालेबुङ १३ जुलाई।

सप्तश्री ज्ञ्यानपिठ विद्यालयका नानीहरूलाई लिएर कालेबुङ साइन्स सेन्टरले एक दिवशीय विज्ञान विषयमा वार्ता,  आइडिया कन्टेस्ट अनि इनोभेटिभ साइन्स मोडल प्रदर्शनीको आयोजना गऱ्यो। कार्यक्रममा कक्षा नवौँदेखि कक्षा बाह्रौँसम्ममा नानीहरू उपस्थित रहेका थिए। 

सेन्टरले आयोजना गरेको उक्त कार्यक्रममा स्रोत व्यक्तिका रूपमा डा. प्रणय वान्तवा आमन्त्रित थिए। यस अवसरमा उनले टिस्यु कल्चर अनि इनोभेसन विषयमाथि पावर प्वाइन्ट मार्फत उनले वार्ताको प्तस्तुत गरेका थिए। 'टिस्यु कल्चरको माध्यमबाट पनि रोजगारको अवसरहरु उत्पन्न गर्न सकिन्छ।  टिस्यु कल्चरको क्षेत्रमा पनि नया आइडियाले काम गर्न सके यस क्षेत्रमा पनि पेटेन्ट गर्न सकिन्छ' उनले विद्यार्थीवर्गलाई भने।

वार्ताको क्रम सकिएपछि साइन्स सेन्टरद्वारा तयार गरिएको इनोभेटिभ विज्ञानका मोडलहरू नानीहरूका निम्ति प्रदर्शनीको निम्ति पनि राखियो। प्रद्रर्शनीमा इनोभेसन हबका मेन्टरहरू क्रमैले अनमोल तामाङ अनि शिवानी शर्माले उक्त मोडलको कार्यप्रणाली बारे वृतान्त बताए। 

कार्यक्रमको अर्को क्रममा नानीहरूमा भएको इनोभेटिभ आइडिया जान्न एउटा आइडिया कन्टेस्टको पनि आयोजना गरियो। उक्त प्रतियोगितामा ३०० जना स्कुलका नानीहरूले सहभागिता लिए। कार्यक्रमबीच सप्तश्री ज्ञ्यानपिठका सहशिक्षक पुरूसोत्तम ठाकुरले एउटा सुन्दर अनि इनोभेटिभ मोडल उपस्थित सबैलाई देखाए अनि त्यसको कार्यप्रणालीबारे वृतान्त भने। 

कार्यक्रममा आमन्त्रित डा. प्रणय वान्तवालाई सप्तश्री ज्ञ्यानपिठका निर्देशक तपन प्रधानको बाहुलीबाट स्मारिका प्रदान गरियो।  साथै साइन्स सेन्टरले यस प्रकारको कार्यक्रम विशेष नानीहरूको निम्ति गरिदिएकोमा कृतज्ञास्वरूप केन्द्र प्रमुख बी. बी. गुरूङलाई पनि तपन प्रधानको बाहुलाबाट स्मारिका प्रदान गरियो।

No comments:

Post a Comment

Post Bottom Ad