फिफा विश्वकप 2018 : विश्व च्याम्पियन बन्यो फ्रान्स - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, July 16, 2018

फिफा विश्वकप 2018 : विश्व च्याम्पियन बन्यो फ्रान्स

गफसफ.com, कालेबुङ, 16 जुलाई।
फ्रान्सले 2018 को विश्वकप खिताम आफ्नो झोलिमा हालेको छ। क्रोएसियालाई 4-2 ले पराजित गरेर फ्रान्स दोस्रोचोटि फिफा विस्वकप च्याम्पियन बनेको हो। 

भाग्यले साथ दिएको फ्रान्सका निम्ति मारिया मैडजुकिचको आत्मघाती गोलको कारण 18 औँ मिनटना 1-0 को अग्रता प्राप्त भएको थियो। तर आक्रमक क्रोएसियाका इवान पेरिसिचले 28 औँ मिनटमा सुन्दर गोल गरेर स्कोर 1-1 को बराबरीमा पुर्‍याएका थिए। तर भाग्यले साथ दिएको फ्रान्सलाई पुन: 38 औँ मिनटमा पेनल्टी प्राप्त भएपछि ग्रिजमेनले कुनै गल्ति नगरी पेनल्टीलाई गोलमा परिणर गरेर 2-1 को अग्रता दिलाए।
फ्रान्सका अर्का खेलाडी पल पोग्बाले 59 औँ मिनटमा तेस्रो गोल लगाए भने एम्बापेले 65 औँ मिनटमा चौथो गोल लगाएपछि फ्रान्स 4-1 ले अघि रहेको थियो। फ्रान्सले 4 गोल गरेर दबदबा बनाउन सुरु गरेको स्थितिमा खेलको 69 औँ मिनटमा मैडजुकिचले गोलकिपरको ड्रिब्लिङलाई रोकेर गोल गरेपछि टोलिको विश्वास जागेको थियो। यद्यपी खेलको अन्तिम समयसम्म फ्रान्सले अन्य गोल गर्न नदिएपछि क्रोएसिया 4-2 ले पराजित भएको हो।
फ्रान्स यसभन्दा अघि सन् 1998 मा फिफा विश्वकप विजेता बनेको थियो। त्यसबेला वर्तमान कोच डिडियस डेसचैम्प्स फ्रान्सका कप्तान रहेका थिए। यसपल्टको विश्वकप च्याम्पियन बनेपछि उनी खेलाडी अनि कोचका रूपमा विश्वकप जित्ने तेस्रो व्यक्ति बनेका छन्। यसभन्दा अघि ब्राजीलका मारियो जगालो अनि जर्मनीका बेकनबऊरले यो उपाधि जितीसकेका छन्।
फिफा विश्वकपको फाइनलमा पहिलोचोटी पुगेको क्रोएसियाले सुरुदेखिनै आक्रमक खेल खेलेका थिए। भाग्यले साथ नदिँदा उनीहरूले एकाधिक गोल गर्ने मौका चुकाएका थिए। जसको कारण उपविजेता बनेर सन्तोष गर्न परेको छ।
क्रोएसियाले आफ्नो सुरुआत अत्यन्त्यै राम्रो गरेको थियो। पहिलो हाफको खेलमा फ्रान्स खेलाडीहरूलाई बल चुन समेत हम्मे हम्मे पारेको थियो भने आक्रमकता पनि उत्तिकै देखाएका थिए। यता धेरै प्रभावशाली खेलाडीहरूले भरिपूर्ण फ्रान्सका खेलाडीहरूले पहिलो हाफमा अपेक्षाकृत प्रदर्शन नगर्दा समर्थकहरू निराश बनेका थिए। यद्यपी उनीहरूलाई भाग्यले साथ दिएपछि विपक्षीको गोलपोस्टका 4 गोल गरेर विजयी बन्न सक्षम बन्न सकेको हो।

No comments:

Post a Comment

Post Bottom Ad