लिला कुमार गुरुङको स्थान्तरण राजनैतिक प्रेरित हो – रोशन गिरी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, July 16, 2018

लिला कुमार गुरुङको स्थान्तरण राजनैतिक प्रेरित हो – रोशन गिरी

गफसफ.com, कालेबुङ, 16 जुलाई
कुमाई हाइ स्कुलका शिक्षक लिला कुमार गुरुङलाई रिम्बिक हाइ स्कुलमा स्थान्तरण गरिनु राजनैतिक प्रेरित रहेको गोजमुमो विमल गुटका महासचिव रोशन गिरीले आरोप लगाएका छन्। उनले एक प्रेस बिज्ञप्ति जारी गरेर उक्त स्थान्तरण घट्नाको विरोध पनि गरेका छन्। उक्त स्थान्तरण जीटीए बीओए अध्यक्ष विनय तामाङले राजनैतिक प्रेरित गरेको पनि गिरीले आरोप लगाएका छन्।
‘आज लिला कुमार गुरुङले वनबस्ती वासीहरुको हक र हितको निम्ति लामो समय देखी संघर्ष गर्दै आईरहेको इतिहास साक्षी छ। यो स्थान्तरण पानि वर्तमान जीटीए क्षेत्रमा भईरहेको अन्याय अत्याचारको नमूना हो’ रोशन गिरीले भनेका छन्।
उनले उक्त घट्ना सत्तासिन व्यक्तिले जे गर्दा पनि हुन्छ भन्ने एउटा नमुना रहेको भन्दै यस्तो घट्नाको विरोध गर्नुपर्ने आह्वान पनि गरेका छन्। ‘सत्तासिन ब्यक्तिले जे गर्दा पनि हुन्छ भन्ने प्रथालाई ठाडो जवाब दिन सबै एक हौं, एक भई अन्याय अत्याचारको विरोध गरौं’ रोशन गिरीले भनेका छन्। यसक्रममा उनले विनय तामाङलाई जातिलाई बेचेर मनोनित अध्यक्ष बनेको पनि आरोप लगाएका छन्। 

No comments:

Post a Comment

Post Bottom Ad