मणि ट्रस्टद्वारा जयगाउँमा बिरूवा रोपण; सुवास एम सिंहले भने –‘युवापीडिलाई पर्यावरण सम्बन्धी जागरूक गराउनु जरूरी छ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, June 21, 2018

मणि ट्रस्टद्वारा जयगाउँमा बिरूवा रोपण; सुवास एम सिंहले भने –‘युवापीडिलाई पर्यावरण सम्बन्धी जागरूक गराउनु जरूरी छ’

गफसफ.com, जयगाउँ 21 जुन|

पर्यावरण दिवसको अवसर पारेर महिनाव्यापी कार्यक्रम गरिरहेको मणि ट्रस्टले आज जयगाउँको सन्त एन्थोनी स्कूलमा पर्यावरण जनचेतना कार्यक्रम एवं बिरूवा रोपण कार्यक्रम आयोजना गऱ्यो। कार्यक्रममा ट्रस्टका प्रतिनिधिहरूद्वारा विद्यार्थीहरूलाई पर्यावरणबारे जानकारी दिँदै  विभिन्न प्रजातिका लगभग 150 वटा बिरूवाहरू प्रदान गरियो। 

यस अवसरमा अध्यक्ष सुवास एम. सिंह, डुवर्सका ट्रस्टी स्वपन डे, दिनेश सापटोका, सिलगढीका ट्रस्टी उत्पल कुमार राय, स्कूलकी सुपिरियर सिस्टर रोज कोर्कित, प्राचार्य सिस्टर मार्गेट फर्नान्डिस, स्कूलका शिक्षणकर्मी साथै विद्यार्थीहरूको उपस्थिति थियो।  यस अवसरमा विद्यार्थीहरूलाई सम्बोधन गर्दै ट्रस्टका अध्यक्ष सुवास एम सिंहले पर्यावरण सम्बन्धी आजका युवा पिडी सचेत हुन जरूरी रहेको बताए।


अहिले सम्पूर्ण विश्व नै विभिन्न समस्याहरूसित जुझिरहेको छ। जसमध्ये मानव जातिका निम्ति मौसम परिवर्तन एउटा जटिल समस्या हो। जुन समस्याबाट बाँच्नका निम्ति पर्यावरणलाई स्वच्छ राख्न अनि आजका युवा पिडीलाई पर्यावरण सम्बन्धी सचेत गराउन जरूरी छ’-सिंहले भने।

ट्रस्टले मूल रूपमा स्वास्थ्य सम्बन्धी काम गरिरहेको कारण पर्यावरण पनि स्वास्थ्यसित नै सम्बन्धित रहेकोले महिनाव्यापी रूपमा बिरूवा रोपण अनि जनचेतना कार्यक्रम गरिरहेको सिंहले जानकारी गराए।  यसक्रममा हाल दार्जीलिङ, कालेबुङ, जलपाइगुढी, अलिपुरद्वार अनि कुचबिहार जिल्लासितै सिक्किममा पनि उक्त अभियान चलाएर लगभग 15 हजार बिरूवा रोप्ने लक्ष्य राखेको पनि अध्यक्षले सिंहले बताएका छन्।

अर्कोतिर स्कूल सुपिरियर सिस्टर रोज कोर्कितले मणि ट्रस्टलको उक्त कार्यको सराहना गरिन्। उनले ईश्वरले मानव जातिका निम्ति प्रकृतिको रूपमा सबथोक दिएको भन्दै मानिसले पनि प्रकृतिको सम्मान गरेर यसको संरक्षण र सम्बर्द्धन गरिनपर्ने आह्वान गरिन्। यसरी नै ट्रस्टका डुवर्स प्रतिनिधि दिनेश सापटोकाले मणि ट्रस्टको माध्ममबाट डुवर्समा पर्यावरण सम्बन्धी मात्र नभएर स्वास्थ्य, रोजगार, शिक्षा आदि क्षेत्रमा पनि काम भइरहेको बताए।

No comments:

Post a Comment

Post Bottom Ad