फिफा विश्वकप 2018: क्रोएसियासँग 3-0 ले पराजित अर्जेन्टिना; समुह चरणबाटै विदा हुने सम्भावना बढ्यो - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, June 21, 2018

फिफा विश्वकप 2018: क्रोएसियासँग 3-0 ले पराजित अर्जेन्टिना; समुह चरणबाटै विदा हुने सम्भावना बढ्यो

गफसफ.com, मस्को 22 जुन|

क्रोएसियाले अर्जेन्टिनालाई 3-0 ले पराजित गरेर राउन्ड अफ् 16 मा स्थान बनाएको छ। रूसको निझानी नोवगोरोड स्टेडियममा विहिबार भारतीय समय अनुसार राती 11:30 बजेदेखि सुरुभएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई तीनवटै गोल दोस्रो हाफमा गरेको हो। उक्त हार सँगै अर्जेन्टिना पहिलो चरणबाटै विदाहुनसक्ने सम्भावना वृद्धि भएको छ।

क्रोएसियाका सम्पूर्ण खेलाडीहरूको संयुक्त प्रयासमा फिफा विश्वकप 2018 को दावेदार मानिएको अर्जेन्टिनालाई पराजित गर्नका साथै आगमी यात्रा जोखिमपूर्ण बनाइदिएको हो। अर्जेन्टिनाको निम्ति अझै एउटा खेल खेल्नु बाँकी भए पनि राउन्ड अफ् 16 मा पुग्नु ईश्वरसँगै प्रार्थना गर्नुपर्ने अवस्था आएको छ। राउन्ड अफ् 16 मा पुग्नु आज हुने नाइजेरिया अनि आइसल्यान्डको खेल महत्वपूर्ण बनेको छ। यदि आज आइसल्यान्ड नाइजेरियासँग पराजित भए अनि नाइजेरियालाई आगमी 26 जुनका दिन अर्जेन्टिनाले पराजित गरे मात्र नक्आउट चरणमा प्रवेश गर्न सक्नेछन्। त्यसको विपरित आइसल्याण्डले नाइजेरियालाई पराजित गरे अर्जेन्टिनाले नाइजेरियालाई धेरै गोल अन्तरले जित्नपर्नेछ। नभए उनीहरू नक्आउट चरणबाटै विदा हुने निश्चित रहेको छ।

पहिलो हाफमा बलमाथि नियन्त्रण राख्ने अर्जेन्टिनाले दोस्रो हाफमा बलमाथि नियन्त्रण बनाएर राख्न सकेन। जसको फाइदा क्रोएसियालाई पुगेको हो। जादुई स्ट्राइकर लियोनल मेस्सीमा पूर्णरूपले निर्भर अर्जेन्टिनाका अन्य खेलाडीहरूले मौकालाई पनि गुमाएपछि हार बेहोर्नु परेको हो। जसमा अर्जेन्टिनाका डिफेन्स समेत लाचार बनेको देखियो।

 अर्जेन्टिनाले खेलको सुरुआत आक्रमक गरेको थियो तर उनीहरूको आक्रमणलाई क्रोएसियाका डिफिन्सले रोकेर राखेपछि कुनै गोल गर्न सकेन। फलस्वरूप क्रोएसियाका खेलाडीहरूले पनि उत्तिकै आक्रमक रणनीतिको साथमा खेल खेलेर अर्जेन्टिनालाई हैरान पारेको हो। क्रोएसियाले यो जितको साथ सन् 1998 देखि यता फिफा विश्वकपको पहिलो प्रि-क्वाटर फाइनलमा स्थान बनाउन सक्षम बनेको छ।

 मिडफिल्डर इवान पेरिसिकले खेलको चौथो मिनटमा अर्जेन्टिना डिफेन्स तोड्दै पहिलो सट लगाएका थिए। जसलाई गोलकिपर विल्फ्रेडो काबालेरोले बचाएका थिए। यता लियोनल मेस्सीले पनि खेलको 12 औँ मिनटमा सुन्दर मौका पाएका थिए तर उनले बलमा नियन्त्रण गर्न नसक्दा क्रोएसियाका गोलकिपर डेनिजेल सुबासिकले गोलहुनबाट बचाएका थिए।

खेलको पहिलो हाफ दुवै दलका खेलाडीहरूले गोल गर्ने मौका गुमाएपछि 0-0 को बराबरीमा रोकिएको थियो। पहिलो हाफको 30औँ मिनटमा अर्जेन्टिनाका खेलाडी एञ्जो पेरेजले खालि गोलपोस्टमा सट गर्ने मौका पाएका थिए तर उनले त्यस मौकालाई गोलमा परिणत गर्न सकेनन्। यता क्रोएसियाका सिमे वसाल्जले 33 औँ मिनटमा निकालेको सुन्दर पासलाई मारियो मान्जुकिकले गोलमा परिणत गर्न नसकेका हुन्।

दोस्रो हालको 53 औँ मिनटमा अर्जेन्टिनाका गोलकिपर काबालेरोले गल्ति गरेपछि त्यसैको फाइदा क्रोएसिया खेलाडी रेबिकले उठाएर पहिलो गोल गरेका हुन्। गोलकिपर काबालेरोले डिबक्स क्षेत्रमा डिफेन्सलाई पास दिने क्रममा बललाई बिपक्षी खेलाडी रेबिकको खुट्टामानै भलि गरेर दिएपछि त्यसैलाई उनले सोझै अर्जेन्टिनाको गोलपोस्टमा छिराएका हुन्।

एक गोलले पछि परेको अर्जेन्टिनाले खेलमा बराबरी ल्याउन आक्रम खेल खेलेका थिए। त्यसैको फलस्वरूप 64 औँ मिनटमा मिडफिल्डर मेक्सिमिलियानो मेजा अनि मेस्सीलाई गोल लाइनमा मौका मिलेको थियो तर क्रोएसियाका गोलकिपरला तोडेर गोल गर्न भने सक्षम बनेनन्।

दोस्रो हाफको 80 औँ मिनटमा पुन: क्रोएसियाका मिडफिल्डर लुका मोड्रिकले लामो दुरीको सटलाई सोझै अर्जेन्टिनाको गोलपोस्टमा छिराएर आफ्नो टोलिको जित निश्चित बनाएका थिए। 2-0 ले पछि परेको अर्जेन्टिनाले खेलको अन्तिम समयमा पाएको अतिरिक्त समयमा इवान रेकिटिकले तेस्रो गोल गरेपछि झनै अर्जेन्टिनाको सपना चकनाचुर बनेको हो।

No comments:

Post a Comment

Post Bottom Ad