नगरपालिकाले चलायो छापामारी अभियान - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, June 21, 2018

नगरपालिकाले चलायो छापामारी अभियान


गफसफ.com, कालेबुङ 21 जून।

पर्यावरण दिवसको दिनदेखि कालेबुङ शहरमा नगरपालिकाले प्लास्टिक प्रतिबन्ध गरेको छ। नगरपालिकाले प्लास्टिक प्रतिबन्ध गरेपनि शहरमा यसको प्रयोग भने अझै हुँदै आइरहेको कारण आज शहरमा छापामारी अभियान चलाएको हो। शहरलाई प्लास्टिक मुक्त बनाउँन आज नगरपालिका क्षेत्रका विभिन्न दोकानहरूमा नगरपार्षदहरूको उपस्थितिमा स्वास्थ्य अधिकारी, स्वास्थ्य निरिक्षक आदिले छापामारी अभियान चलाएको हो। 

यस अवधी कतिपय दोकानहरूबाट प्लास्टिक जफत गरियो भने एक्पाएर भइसकेको सामाग्रीहरू पनि बिक्री गरिएको भेट्दा उक्त दोकानको लाइसेन्स लिएर उनीहरूलाई नगरपालिका कार्यालयमा उपस्थित हुने निर्देश दिइएको छ। नगरपालिका अध्यक्ष रवी प्रधानको निर्देशनमा प्लास्टिक प्रतिबन्ध गर्न स्वास्थ्य अधिकारी एस.डी जिम्बा, स्वास्थ्य निरिक्षक सञ्चय प्रधान सँगै नगरपार्षदहरूले शहरका दोकानहरूमा छापामारी अभियानसँगै फुटपाथ ढाकेर सामाग्री बिक्री गर्नेहरूलाई चेतावनी सँगै फुटपाथबाट सर-समान हटाउन लगाएको थियो। 

शहरका विभिन्न क्षेत्रमा गरिएको उक्त छापामारी अभियानबारे नगरपार्षद् एडवर्ड लेप्चाले आगमी दिनहरू नगरपालिकाले उक्त छापामारी अभियानलाई निरन्तरता दिँदै जनहितमा कार्य गर्ने बताएका छन्। यसक्रममा उनले यदि आगामी दिनहरूमा दोकानेहरूले नगरपालिकाको निर्देशलाई पालन नगरे उनीहरूविरुद्ध कडा कार्वाही गरिने पनि बताएका छन्। पहिलो चरणमा प्लास्टिक सम्बन्धि छापामारी अभियान चलाए पनि आगमी दिनमा नगरपालिकाले फुटपाथमा सामाग्री राखेर बिक्री गर्नेहरूविरुद्ध पनि कार्वाही गर्ने बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad