कालेबुङमा अन्ताराष्ट्रिय योग दिवस पालन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, June 21, 2018

कालेबुङमा अन्ताराष्ट्रिय योग दिवस पालन

गफसफ.com, कालेबुङ 21 जून।

अन्ताराष्ट्रिय योग दिवस कालेबुङको मेला ग्राउण्डमा भव्यतासँग पालन गरियो। भारत उदय सोसाइटीको आयोजनामा अन्ताराष्ट्रिय योग दिवस पालन गरिएको हो जसलाई स्वास्थ्य एवम् परिवार कल्याण्ड विभागले प्रायोजना गरेको थियो। कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीवर्गसँगै संघ-संस्थाका प्रतिनिधिगण अनि हिमायलन योग संस्थाका प्रशिक्षणार्थीहरू उपस्थित रहेका थिए भने उनीहरू सबैले योगाभ्यास गरेका थिए।  

Photo - Anurraj Pradhan


कालेबुङ जिल्ला अस्पतालका स्वास्थ्य अधिकारी अङ्कन सिमलाङदी प्रमुख अतिथि रहेको कार्यक्रममा कालेबुङ विज्ञान केन्द्रका प्रमुख डा. बीबी गुरुङ विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए। यसका साथै कार्यक्रममा कालेबुङका विभिन्न विद्यालयका प्रधान अध्यापक अनि शिक्षकवर्गको पनि उपस्थिति रहेको थियो। यस अवसरमा योग प्रशिक्षकद्वय समीर घोष अनि महेश गुप्ताको निर्देशनमा योगाभ्यास सम्पन्न भएको थियो।

अर्कोतर्फ यता कालेबुङ महाविद्यालयले पनि अन्ताराष्ट्रिय योग दिवस पालन गरेको छ। महाविद्यालयमा पालन गरिएको उक्त योग दिवस कार्यक्रममा महाविद्यालयका एन.सी.सी क्याडेटसँगै कुमुदुनी विद्याश्रम, एसयुएमआई, डा. ग्राह्म होम्स अनि आर्मी पब्लिक स्कुलका विद्यार्थीवर्गले भाग लिएका थिए। 

कार्यक्रममा महाविद्यालयका प्राचार्य डा. आर.पी ढकाल, एनसीसीका ए.एन.ओ डा दुलालचन्द रोय, एन.एस.एस कालेबुङ महाविद्यालयका अधिकारी डा. प्रणय बान्तवा, डा. रेश्मा प्रधान पाँचौ बङ्गाल बटालियनका नायक सुबेदार प्रभु दयाल अनि बलभद्र शर्मा विशेषरूपले उपस्थित रहेका थिए। कार्यक्रममा डा. राजेन्द्र ढकालले योगका महत्वबारे बताउँदै विशेष विद्यार्थीवर्गले योगाभ्यास गर्नुपर्ने कुरामा जोड दिएका थिए। कर्यक्रमलाई डा. दुलालचन्द रोय, अमृत लेप्चा अनि मन्टुकुमार शलेम्पनि सम्बोधन गरेका थिए। यस अवसरमा विद्यार्थीवर्गलाई योगाभ्यास गराएका थिए। कार्यक्रममा मोठ 470 जना विद्यार्थीवर्गले भाग लिएका थिए।

No comments:

Post a Comment

Post Bottom Ad