मणि ट्रस्टद्वारा कुचबिहारको तुफानगञ्जमा वृक्ष रोपण; स्वास्थ्य अनि स्वरोगजारको क्षेत्रमा पनि संस्थाले काम गर्ने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, June 22, 2018

मणि ट्रस्टद्वारा कुचबिहारको तुफानगञ्जमा वृक्ष रोपण; स्वास्थ्य अनि स्वरोगजारको क्षेत्रमा पनि संस्थाले काम गर्ने


गफसफ.com, जयगाउँ 22  जुन।

‘मणि ट्रस्ट’-को महिनाव्यापी वृक्ष रोपन कार्यक्रम अन्तर्गत आज कुचबिहारको तुफानगञ्जमा वृक्ष रोपन गरिएको छ। तुफानगञ्ज चिलाखाना पश्चिम कुटीबारी फिफ्थ् प्लान प्राथमिक स्कूलमा एउटा पर्यावरण सम्बन्धी जनचेतना कार्यक्रम आयोगना गरेर वृक्ष रोपन कार्य गरिएको हो।

कार्यक्रममा ट्रस्टका प्रतिनिधिहरूद्वारा विद्यार्थीहरूलाई पर्यावरणबारे जानकारी दिँदै क्षेत्रमा विभिन्न प्रजातिका बिरूवाहरू रोपेर पर्यावरणलाई संरक्षण गर्नुपर्ने दिशामा आह्वान गरियो। यस अवसरमा ट्रस्टका चियरमेन सुवास एम सिंहले पर्यावरण सम्बन्धी आजका युवा पिडी सचेत हुन जरूरी रहेको बताए।

अहिले सम्पूर्ण विश्व नै विभिन्न समस्याहरूसित जुझिरहेका छन्। जसमध्ये मानव जातिका निम्ति मौसम परिवर्तन एउटा जटिल समस्या हो। जुन समस्याबाट बाँच्नका निम्ति पर्यावरणलाई स्वच्छ राख्न अनि आजका युवा पिडीलाई पर्यावरण सम्बन्धी सचेत गराउन जरूरी छ’-सिंहले भने।

उनले क्षेत्रका धेरै मानिसहरूले निजी प्रयासमा हाते तानको माध्मयबाट लुगा बुन्ने काम गरिरहेका बताउँदै आजसम्म उनीहरूको बजार व्यवस्थापन ठिक नभएको अनि सरकारी सहयोग समेत नपाएको बताए। सोहिकारण ट्रस्टले पश्चिम बङ्गाल खादी अनि भिलेज इण्डस्ट्री बोर्डको सहयोगमा क्षेत्रका हस्तकलाकारहरूलाई सहयोग गर्ने पनि बताएका छन्। उनले कार्यक्रमलाई सम्बोधन गर्दै ट्रस्टले डुवर्स क्षेत्रमा स्वास्थ्यको क्षेत्रमा पनि काम गर्ने बताउँदै यदि आर्थिक विपन्न परिवारका कसैलाई पनि स्वास्थ्य सम्बन्धी ठूलो समस्या आइपरे ट्र्स्ट सहयोग गर्न तयार रहेको बताए।

स्कूलका शिक्षक प्रभारी कार्तिक पाल मुख्य अतिथि रहेको कार्यक्रममा ट्रस्टका प्रमुख सुवास एम सिंह, ट्रस्टका डुवर्स प्रभारी दिनेश सापकोटा, सपन डे, सिलगढीका उत्पल कुमार रोय, स्थानीय नितय दास आदि विशेष रूपमा उपस्थित थिए।

No comments:

Post a Comment

Post Bottom Ad