‘छुदेन काविमो लाई ‘युवा साहित्य अकादमी’ अनि भीम प्रधानलाई ‘बाल साहित्य अकादमी पुरस्कार’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, June 23, 2018

‘छुदेन काविमो लाई ‘युवा साहित्य अकादमी’ अनि भीम प्रधानलाई ‘बाल साहित्य अकादमी पुरस्कार’

गफसफ.com, कालेबुङ 23 जुन।

नेपाली साहित्यका युवा कथाकार छुदेन काबिमोले ‘युवा साहित्य अकादमी पुरस्कार 2018 जितेका छन्। उनको कथा सङ्ग्रह ‘1986’ को निम्ति युवा साहित्य अकादमी पुरस्कार दिइने घोषणा गरिएको हो। साहित्य अकादमीका अध्यक्ष डा. के. श्रीनिवासरावले शुक्रबार 22 वटा भारतीय भाषाहरूका निम्ति युवा साहित्य अकादमी पुरस्कार 2018 का घोषणा गरेका हुन्। सन् 2015 मा प्रकाशित छुदेन काबिमोको कथा सङ्ग्रह ‘1986’ ले यसवर्षको युवा साहित्य अकादमी पुरस्कार जितेपछि कथाकार काबिमोले हर्ष प्रकट गर्दै यसको सम्पूर्ण श्रेय पाठकवर्गलाई दिएका छन्।


‘एकदिन अचानक युवा साहित्य अकादमी पुरस्कारको निम्ति पुस्तक पठाइदिनु भएर पत्र आएको थियो। मैले मगाएजति पुस्तक पठाएको थिएँ। त्यसपछि हिज मेरो कृतिले युवा साहित्य अकादमी पुरस्कार जितेको खबर पाएँपछि खुशी लागेको हो’ छुदेन काबिमोले अझ भने –‘मेरो कृतिलाई पाकवर्गले मन पराइदिए। उनीहरूकै माया पाएर यो पुरस्कार पाएको हुँ। यसकारण सम्पूर्ण पाठकहरूलाई नै आभार दिन चाहन्छु।’

अर्कोतर्फ साहित्य अकादमी बाल साहित्य पुरस्कार 2018 को पनि घोषणा गरिएको छ। साहित्य अकादमीका अध्यक्ष डा. चन्द्रशेखर कम्बारको अध्यक्षतामा गुहाटीमा बसेको वैठकपछि बाल साहित्य अकादमी पुरस्कारको घोषणा गरिएको हो। 23 वटा भारतीय भाषामा लेखिएका बाल कृतिहरूलाई वर्ष 2018को बाल साहित्य अकादमी पुरस्कार दिने घोषणा गरिएको छ। जसमध्ये नेपाली साहित्यबाट भीम प्रधानका कृति ‘बाल कोशेली’ बाल कथा सङ्ग्रहालाई बाल साहित्य अकादमी पुरस्कार दिइने घोषणा गरिएको छ। उनले उक्त कृति सन् 2013 मा प्रकाशित गरेका हुन्।

बाल साहित्य अकादमी पुरस्कारको घोषणा पछि बाल कोशेलीका कृतिकार भीम प्रधानले हर्ष प्रकट गर्दै आफु आनन्दित भएको बताएका छन्। ‘पुरस्कार लेखकहरूका निम्ति प्रोत्साहन हो। यसलाई प्रोत्साहनको रूपमा लिएर अझै काम गर्दै जानुपर्छ भन्ने लागेको छ। मेरा निम्ति अझै नानीहरूका निम्ति काम गर्नुपर्ने जिम्मेवारी बडेको छ’ भीम प्रधानले भने।

उनले आफ्नो कृतिले पुरस्कार पाउने घोषणा भएपछि समयले मूल्याङ्कन गरेको भन्दै प्रत्येक मानिसको कर्मलाई समयले निश्चय मूल्याङ्कन गर्छ भनि बताएका छन्। ‘हाम्रो लेख्ने कार्य हो। हामीले केवल कर्म गर्नुपर्छ अनि त्यो लेखनको मूल्याङ्कन समयले नै गर्नेछ। छिट्टै मूल्याङ्कन हुनपर्छ भन्ने सोंच राख्नुहुँदैन। हिजका दिनमा कर्म गरेका थियौँ त्यसैको मूल्याङ्कन आज भएको हो’ भीम प्रधानले अझ भने।

No comments:

Post a Comment

Post Bottom Ad