कालचिनीका क्यान्सर पीडितलाई मणि ट्रस्टको सहयोग - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, June 22, 2018

कालचिनीका क्यान्सर पीडितलाई मणि ट्रस्टको सहयोग


गफसफ.com कालेबुङ 22 जुन।

‘हेल्थ फर हेल्पलेस्’-योजना अन्तर्गत सामाजिक संस्था मणि ट्रस्टले क्यान्सर पीडिता कुसुम सापकोटा (60) लाई आर्थिक सहयोग प्रदान गरेको छ। कालचिनी निवासी कुसुम सापकोटालाई शुक्रबार ट्रस्टका प्रमुख सुवास एम सिंहको बाहुलीबाट आर्थिक सहयोगका रूपमा 20 हजार रूपियाँको चेक प्रदान गरिएको हो।


सिंहले पीडिताकै निवास स्थान कालचिनी गोरे लाइनमा पुगेर स्वास्थ्योपचारका निम्ति उक्त सहयोग प्रदान गरेका हुन्। सामाजिक संस्था मणि ट्रस्टबाट आर्थिक सहयोग पाएपछि पीडित परिवारले संस्थाप्रति आभार प्रकट गरेका छन्।

स्मरण रहोस्, कालेबुङको सामाजिक संस्था मणि ट्रस्टले आर्थिक विपन्न परिवारका मानिसहरूलाई उपचारका निम्ति यसरी नै सहयोग गर्दै आइरहेका छन्। आर्थिक विपन्न परिवारका मानिसहरूलाई उपचारका निम्ति बाहिर पठाउँनका निम्ति आवश्यक परेको खण्डमा संस्थाले विभिन्न स्थानहरूमा ‘हेल्थ फर हेल्पलेस्’ योजना अन्तर्गत अर्थ सङ्ग्रह गरेर पीडित परिवारलाई सहयोग गर्दै आइरहेका छन्। यसका साथ साथै संस्थाले बिरामीहरूलाई विभिन्न अस्पतालहरूमा पनि उपचारका निम्ति सहयोग पुर्‍याउँदै आइरहेको छ।

No comments:

Post a Comment

Post Bottom Ad