गफसफ.com, दार्जीलिङ 21
जुन।
दार्जीलिङ पुलिसले गोप्य सूचनाको आधारमा ड्रग्स ओसार-पसार गर्ने एन्ड्रु राई
(24) लाई 12 ग्राम हेरोइनसँगै पक्राउ गरेको छ। तक्भर दोस्रो डिभिजनका निवासी एन्ड्रु
राईलाई पुलिसले लगभग 10:30 बजे राती गोइन्का पेट्रोल पम्प नजिकबाट पक्राउ गरेको
हो।


विशेष स्रोतबाट सूचना पाएपछि पुलिसले उनलाई पक्राउ गर्न सक्षम बनेको हो।
पेशाले चालक रहेका राईले पहाडमा ड्रग्स ओसार-पसार गर्ने गरेको आरोप रहेको छ। पुलिसको
कडा निगारानीमा रहेका राईले बुधबार राती नशालु पदार्थ लिएर आएको सूचना प्राप्त
भएको थियो। त्यसै गोप्य सूचनाको आधारमा पुलिसले उनलाई गोइन्का पेट्रोल पम्प
नजिकबाट सन्दिग्ध अवस्थामा पक्राउ गरेको हो। पक्रा परेका राईबाट पुलिसले 12 ग्राम
हेरोइन फेला पारेपछि पुलिसको नार्कोटिक विभागले सम्पूर्ण नशालु पदार्थ जफत गरेर
उनीविरुद्ध दार्जीलिङ पुलिसको मुद्दा सङ्ख्या 20/21 अन्तर्गत मुद्दा दर्ता गर्नका
साथै एनडीपीएस कानुन अन्तर्गत कानुनी कार्वाही सुरु गरिएको छ।
No comments:
Post a Comment