माध्यमिक परिक्षामा सुकन्य राई कलेबुङ जिल्ला टप्पर; उनले भनिन् –‘परिश्रमको फल मिठो पाएँ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, June 6, 2018

माध्यमिक परिक्षामा सुकन्य राई कलेबुङ जिल्ला टप्पर; उनले भनिन् –‘परिश्रमको फल मिठो पाएँ’


गफसफ.com, कालेबुङ 7 जुन।

पश्चिम बङ्गाल  बोर्ड अफ् सेकेन्डरी एडुकेशनले माध्यमिक परिक्षाको परिणाम घोषणा गरेको छ। यसपल्ट कालेबुङ जिल्लाबाट सुकन्या राईले 87.28 प्रतिशत अङ्क हासिल गरेर जिल्ला टप्पर भएकी छन्। सन्त जर्ज उच्चतर माध्यमिक विद्यालय, पेदोङबाट माध्यमिक परिक्षा लेख्ने विद्यार्थी सुकन्य राईले स्कुलको मात्र नाउँ नराखेर कालेबुङ जिल्लाकै नाउँ रोशन गराएकी छन्।

Sukanya Rai, Madhyamik Priksha Kalimpong District Topper 2018


सुकन्य राईले सन्त जर्ज पेदोङबाट माध्यमिक परिक्षा लेखेपनि उनी सोही स्कुलकी छात्रा भने होइनन्। उनी कालेबुङ 15 माईल स्थित मेरिगोल्ड ईङ्गलिस स्कुलकी छात्रा हुन्। उक्त स्कुलले अहिलेसम्म सरकारी मान्यता नपाएको कारण त्यहाँका विद्यार्थीवर्गलाई माध्यमिक परिक्षा लेख्नका निम्ति सन्त जर्ज पेदोङले एफिलेसन दिएको छ। सन्त जर्ज पेदोङको एफिलेटेड पाठशाला मेरिगोल्ड ईङ्गलिस स्कुलकी छात्रा सुकन्य राईले एकैसाथ दुईवटा स्कुलको नाउँ उच्च पार्नका साथै कालेबुङ जिल्लाकै नाउँ उच्च बनाएकी छन्।

परिश्रमको फल मिठो हुन्छ भन्ने कुरा आजको परिक्षाफले प्राप्त भएको छसुकन्य राईले आफ्नो खुशी व्यक्त गर्दै अझ भनिन् –‘परिक्षाफलले अत्यन्त्यै खुशी छु।उनले आफु कालेबुङ जिल्ला टप्पर बनेको कुरा सुनेपछि अत्यन्त्यै खुशी रहेको बताउँदै यो सबै हुनमा आफ्ना विद्यालयका शिक्षकवर्ग, प्रधान अध्यापक, आमा-बाबा, परिवारका सदस्यवर्ग अनि सन्तजर्ज विद्यालयको योगदान रहेको पनि बताइन्। मेरा स्कुलका सम्पूर्ण शिक्षकवर्ग अनि प्रधान अध्यापकले खुबै प्रोत्साहन दिनुहुन्थ्यो। मेरा आमा-पापाले पनि सधैँ हौसला दिँइरहनुभयो। यसका साथै सन्त जर्ज पेदोङका फादरले त्यहाँबाट माध्यमिक परिक्षा मौका प्रदान गर्नुभयो। मेरो सफलतामा सबैको महत्वपूर्ण योगदान छन्, यसकारण सबैलाई यतिबेला सम्झना गरिरहेकी छुसुकन्य राईले अझ भनिन्। अहिलेघरी आफुले कालेबुङ कन्या उच्चतर माध्यमिक विद्यालयमा विज्ञान विषयमा भर्ना लिएर एघारौँ कक्षाको अध्ययन सुरु गरेको पनि उनले जानकारी दिएकी छन्।

अर्कोतर्फ आफ्ना छोरी जिल्लाभरीमा पहिलो स्थानमा पुगेको खबरले सम्पूर्ण परिवार खुशी रहेको उनकी पिता देवप्रकाश राईले बताएका छन्। छोरीको सफलताले सम्पूर्ण परिवार खुशी छौँदेवप्रकाश राईले अझ भने –‘छोरीले परिक्षा आउन अघिदेखिनै धेरै परिश्रम गर्थिन् त्यहीँ परिश्रमको फल आज प्राप्त भएको छ।उनले छोरीको प्रारम्भिक शिक्षानै मेरिगोल्ड ईङ्गलिस स्कुलबाट सुरु भएको ताउँदै सम्पूर्ण स्कुलका शिक्षकवर्गप्रति पनि आभार व्यक्त गरेका छन्।

कालेबुङ जिल्ला टप्पर बन्ने सुकन्य राईले नेपालीविषयमा सर्वाधिक 99 अङ्क प्राप्त गरेकी छन् भने हिसाबमा 98, जीव विज्ञानमा 97 अनि अङ्ग्रेजीमा 93 अङ्क हासिल गरेकी छन्।

अर्कोतर्फ कालेबुङ जिल्लाबाट दोस्रो स्थानमा कुमुदिनी विद्याश्रमका छात्र चन्द्रमनी बस्नेत भएका छन्। उनले जिल्लाभरीमा मोठ 84.57 अङ्क हासिल गरेर कालेबुङ जिल्लाभरीमा दोस्रो स्थान ओगट्न सफल भएका छन्। सोहीक्रममा चन्द्रमाया उच्च विद्यालयका श्रीजय अधिकारीले 83.4 अङ्क हासिल गरेर कालेबुङ जिल्लाभरीमा तेस्रो स्थान हासिल गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad