माध्यमिक परिक्षा: उत्तर बङ्गालमा कालेबुङ जिल्ला प्रथम राज्यभरीमा आठौँ स्थानमा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, June 6, 2018

माध्यमिक परिक्षा: उत्तर बङ्गालमा कालेबुङ जिल्ला प्रथम राज्यभरीमा आठौँ स्थानमा

गफसफ.com, कालेबुङ 7 जुन।

माध्यमिक परीक्षामा कालेबुङ जिल्लाले उत्तर बङ्गालमा पहिलो स्थान ओगट्न सफल बनेको छ। पश्चिम बङ्गाल बोर्ड अफ् सेकेन्डरी एडुकेशनले आज माध्यमिक परीक्षाको परिणाम घोषणा गरेपछि कालेबुङ जिल्लाले राज्यभरिमा आठौँ स्थान ओगट्न सफल भएको छ भने उत्तर बङ्गालमा पहिलो स्थान ओगटेको छ|


राज्यभरिमा पूर्व मेदिनापुर जिल्लाले प्रथम स्थान ओगटेको छ भने मोठ 96.13 प्रतिशत विद्यार्थीवर्ग उतिर्ण बनेका छन्। दोस्रो स्थानमा पश्चिम मेदिनापुर रहेको छ भने मोठ 91.75 प्रतिशत विद्यार्थीवर्ग उतिर्ण बनेका छन् भने तेस्रो स्थानमा कोलकोता रहेको छ जहाँबाट 91.11 प्रतिशत विद्यार्थीवर्ग उतिर्ण बनेका छन्।

राज्यभरिमा आठौँ स्थान अनि उत्तरबङ्गालमा पहिलो स्थान ओगट्न सफल कालेबुङ जिल्लाबाट मोठ 86.95 प्रतिशत परिक्षार्थीहरू उतिर्ण बनेका छन्। उतिर्ण हुनेहरूमा पुरुष विद्यार्थीहरूको सङ्ख्या स्त्री विद्यार्थीवर्गभन्दा लगभग 1 प्रतिशत बेसी रहेको छ। परीक्षा दिनेहरूमा 87.66 पुरुष परिक्षार्थी अनि 86.39 स्त्री परिक्षार्थीहरू उतिर्ण बनेका छन्।

अर्कोतर्फ राज्यभरिमा दार्जिलिङ जिल्ला भने 16 औँ स्थानमा रहेको छ भने उत्तर बङ्गालमा दार्जिलिङको स्थान तेस्रो रहेको छ। दार्जिलिङ जिल्लाबाट 74.96 प्रतिशत परिक्षार्थीहरू उतिर्ण बनेका छन्। दार्जिलिङबाट 74.96 पुरुष विद्यार्थीवर्ग उतिर्ण बनेका छ भने 77.11 प्रतिशत स्त्री विद्यार्थीवर्ग उतिर्ण बनेका छन्। दार्जिलिङ जिल्लामा भने स्त्री विद्यार्थीवर्गले पुरुष विद्यार्थीवर्गलाई उछिन्न सफल बनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad