चुनाव लड्न अघि नै तीनजना नेताहरूले पाए मन्त्रीस्तरीय मान्यता - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, June 5, 2018

चुनाव लड्न अघि नै तीनजना नेताहरूले पाए मन्त्रीस्तरीय मान्यता


गफसफ.com, दार्जीलिङ 6 जुन।

राज्य सरकारको आशिर्वादमा पहाडमा तीनजना नेताहरू क्रमैले जीटीए अध्यक्ष बिनय तामाङ, उपाध्यक्ष अनित थापा अनि हिल एरिया डेभलभमेन्ट कमिटिका अध्यक्ष मन घिसिङ मन्त्रीस्तयीर पदमा चुनिएका छन्। उनीहरूलाई पश्चिम बङ्गाल सरकारले मन्त्रीस्तरको क्षमता प्रदान गरेको हो। पहाडका तीनजना नेताहरू एकैसाथ कुनैपनि चुनाव लड्न अघि यसरी राज्यमा मन्त्री स्तरको पदभार पाएको पनि सायद यो नै पहिलो घट्ना हो।
Binay Tamang, Anit Thapa and Man Ghising
गोर्खाल्याण्ड आन्दोलनको क्रममा गोरामुमो अध्यक्ष मन घिसिङले राज्य सरकारलाई पत्रचार गरेर वार्ताको बाटो खोल्ने अनुरोध गरेपछि पहाडमा जीटीए पुन:स्थपना भएको हो। अर्थात् गोरामुमोले पत्र लेखेपछि सुरु भएको वार्ताले गोर्खाल्याण्ड प्राप्तिको बाटो नखोले पनि तीनजना नेताहरूलाई राज्यमा मन्त्रीको स्तरमा भने निश्चय पुर्‍याएको छ। गत वर्षको गोर्खाल्याण्ड आन्दोलनको क्रममा वार्ताको प्रक्रिया अघि बडेपछि नै गोजमुमो पार्टी पनि बिमल गुट र बिनय गुटमा विभाज भएको हो। त्यसपछि राज्य सरकारले बिनय तामाङहरूलाई जीटीएको पदमा मनोनित गरेर राखेका छ्न्। यता राज्य सरकारले जीटीएको पदमा सुरुमा गोरामुमो अध्यक्ष मन घिसिङलाई पनि चयन गरेकै हो। तर, उनले जीटीए आफुहरूको माग नरहेको बताएपछि पछिबाट उनलाई ‘हिल एरिया डेभलभमेन्ट कमिटि’ गठन गरेर अध्यक्ष पदमा आसिन गराएको हो। सुरुमा ‘हिल एरिया डेभलभमेन्ट कमिटि’ पनि स्वीकार गर्ने नगर्ने चर्चा चलेको थियो भने पुन: पछिबाट गोरामुमो नेताहरूले ‘दागोपाप फर्काउ, जीटीए हटाउ’ भन्न थालेपछि एचएडीसी अध्यक्ष मन घिसिङलाई राज्य स्तरीय मन्त्रीको मान्यता प्रदान गरेको छ।

हिल एफियर्स् डिपार्टमेन्टका प्रिन्सिपल सेक्रेटरी अत्री भट्टचार्यको नाउँमा प्रकाशित भएको कोलकोता ग्याजेटमा मन घिसिङलाई राज्य मन्त्री बराबरको दर्जा दिइएको कुरा लेखिएको छ भने उक्त नोटिफिकेसनमा अत्री भट्टचार्यको हस्ताक्षर भने रहेको छैन। जसको कारण उक्त नोटिफिकेसनलाई लिएर मानिसहरूले सन्देश गरेको छ। यता घिसिङलाई राज्य स्तरीय मन्त्री बराबरको दर्जा दिइएपछि गोजमुमो शिविरमा निकै खुलदुली मच्चिएको हो। जीटीए अध्यक्ष बिनय तामाङ आफैले नै यसबारे नवान्नमा फोन गरेर जानकारी समेत लिएका थिए। गोजमुमो शिविरमा मन घिसिङलाए मन्त्री बराबरको दर्जा पाएको खबरलाई लिएर खुल्दुली मच्चिरहेकै समयमा पुन: यता राज्य सरकारले जीटीए अध्यक्ष बिनय तामाङ अनि उपाध्यक्ष अनित थापालाई क्षमता बडोत्तरी गरेको छ।  

एचएडीसी एवम् गोरामुमो अध्यक्ष मन घिसिङलाई राज्य मन्त्रीबराबरको दर्जा दिएपछि यता जीटीए अध्यक्ष बिनय तामाङलाई क्याबिनेट स्तरीय मन्त्रीको दर्जा दिएको छ। उता उपाध्यक्ष अनित थापालाई पनि राज्य सरकारले राज्यमन्त्री स्वतन्त्र प्रभारीको पदभार दिइएको छ। यसअघिसम्म राज्य विनय तामाङलाई राज्यमन्त्री स्वतन्त्र प्रभारको पद दिइएको थियो भने अनित थापालाई राज्यमन्त्रीको मात्रै पद दिएको थियो। तर यसपल्ट भने दुवैको पदलाई बडोत्तरी गरिएको छ।

यता जीटीए अध्यक्ष अनि उपाध्यक्षलाई बडोत्तरी गरिएपछि गोजमिमो शिविरमा खुशीयाली छाएको छ। दुवैको पदोन्नतीलाई लिएर पार्टीले ‘राम्रो कार्यको फल’ भनि दाबी समेत गरिरहेको छ। गोजमुमो केन्द्रिय समिति प्रवक्ता सुरज शर्मा र कोर कमिटी सदस्या छिरीङ दाहालले जीटीए अध्यक्ष र उपाध्यक्षलाई पदोन्नति गरिएको सम्बन्धमा राज्य सरकारले एक अधिसूचना जारी गरेको छ स्पष्ट पारेका छन्। ‘यो उनीहरूले गरेको सही कामको उपहार हो’ प्रवक्ता सुरज शर्मा अनि छिरिङ दाहालले भनिन्।

No comments:

Post a Comment

Post Bottom Ad