पहाडमा चल्दैछ राजनैतिक दल परिवर्तनको क्रम - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, June 8, 2018

पहाडमा चल्दैछ राजनैतिक दल परिवर्तनको क्रम


गफसफ.com, कालेबुङ 7 जुन।

राजनैतिक दल परिवर्तनको हावा चलेको छ। गत वर्ष चलेको छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलन पुन: जीटीएको चौकिमा पुगेर थन्किएपछि अहिलेघरी राजनैतिक दल परिवर्तनको हावा चलेको हो। एकातिर गोजमुमो समर्थकहरू तृणमूल कङ्ग्रेसमा सामेल हुने क्रम चलेको छ भने अर्कोतर्फ तृणमूल समर्थकहरू आफ्नो पार्टी त्यागेर गोजमुमो पार्टीमा सामेल हुनेक्रम जारी रहेको छ।


यसैक्रममा आज कालेबुङ नगरपालिकाको वार्ड नम्बर 19 का 73 परिवारका सदस्यहरू तृणमूल कङ्ग्रेस पार्टी त्यागेर गोजमुमो पार्टीका सामेल भएका छन्। केहि समय अघि राज्यसभा सांसद शान्ता छेत्रीको बाहुलीबाट तृणमूल कङ्ग्रेसको झण्डा ग्रहण गर्ने सम्पूर्ण 73 परिवारका सदस्यहरूले आज आफ्नो पार्टी त्यागेर गोजमुमो पार्टीको झण्डा ग्रहण गरेका छन्। उनीहरूलाई आज यहाँको गोजमुमो पार्टी कार्यालयमा जिल्ला कमिटि सचिव गायत्री मुखिया, केन्द्रिय समिति सदस्य समशेर अली, साङ्गठनिक सचिव बिनय घिसिङ आदिको बाहुलीबाट उनीहरूलाई दलको झण्डा प्रदान गरेर पार्टीमा औपचारिक स्वागत जनाइएको छ।

तृणमूल कङ्ग्रेसबाट गोजमुमो पार्टीमा सामेल भएकाहरूलाई सम्बोधन गर्दै वर्तमान अवस्थामा गोजमुमोले पहाडमा शान्ति र विकासको कार्य गरिरहेको कारण नै अन्य दलकाहरू गोजमुमो पार्टीमा सामेल गरिरहेको दाबी गरेका छन्। गोजमुमोले मात्र पहाडमा शान्ति र विकास कार्य गर्न सक्ने दाबी गर्दै जनताले गोजमुमोलाई साथ दिन आउनेहरूलाई स्वागत जनाएको बताए।

अर्कोतर्फ यता कालेबुङ नगरपालिकाको 10 नम्बर वार्ड अन्तर्ग्त रहेका 35 परिवारका सदस्यहरू विभिन्न पार्टी त्यागेर तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। चेस्ट क्लिनिकमा आयोजित एक सभामा उनीहरूलाई तृणमूल नेता ढेन्डुप भोटिया, पाल्देन सिमिक, सुमन गुरुङको बाहुलीबाट दलको झण्डा प्रदान गरेर स्वागत जनाइएको थियो।

No comments:

Post a Comment

Post Bottom Ad