विशाल राईको दोस्रो कृति नाश्तिक शिविरको विमोचन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, June 8, 2018

विशाल राईको दोस्रो कृति नाश्तिक शिविरको विमोचन

गफसफ.com, कालेबुङ 8 जुन।

विशाल राई कृत ‘नाश्तिक शिविर’-को लोकार्पण गरिएको छ। टाउनहलमा आयोजित कार्यक्रममा कवि विशाल राईका दोस्रो कृतिको विमोचन गरिएको हो। विभिन्न राजनैतिक दलका नेतृत्ववर्ग सँगै साहित्यकारहरूको उपस्थितिमा उक्त कृतिको विमोचन गरिएको हो। 


नेपाली साहित्य अध्ययन समितिका अध्यक्ष ज्ञान सुतारले अध्यक्षत गरेको कार्यक्रममा कवि मनोज बोगटी, पुकार पारदर्शी, उमेश परियार, भूपेन राई आदिले कविता वाचन गरेका थिए। कार्यक्रममा समालोचक एवम् राजनैतिक नेता डा. हर्कबादुर छेत्रीले विशाल राईको कवितामाथि आफ्नो टिप्पणी राखेका थिए। कार्यक्रममा ज्ञान सुतार, उदय थुलुङ, डा, हर्कबहादुर छेत्री, गोबिन छेत्री, तारा सुन्दास, भारती तामाङ, सिके श्रेष्ठ, अमिर सुन्दार, वाई लामा, कृबु संयमी, विशाल राई आदिको बाहुलीबाट नाश्तिक शिविरको बिमोचन गरैको थियो। कुनै पनि साहित्यिक कार्यक्रमा एकैसाथ एउटै मञ्चमा भेला भएका विभिन्न राजनैतिक दल अनि साहित्यकारहरूको बाहुलिबाट साहित्यिक कृतिको बिमोचन गरिएको पनि सायद नै यो पहिलोपल्ट पनि हो। यस अवसरमा गीत, नृत्य पनि प्रस्तुत गरिएको थियो।

दोस्रो सत्रको कार्यक्रममा भने ‘साहित्य र राजनीतिको अन्तर्सम्बन्ध’ विषयमा बहस कार्यक्रम सम्पन्न भएको थियो। कवि प्रदिप लोहागुण अनि पत्रकार डी.के वाइबाले सञ्चालन गरेको बहस कार्यक्रममा कवि टिका भाइ, मनोज बोगटी, जाप नेता अमर लामा, क्रामाकपा नेता किशोर प्रधान अनि सन्दिप जैन प्यानलिस्टका रूपमा उपस्थित बनेका थिए। यस अवसरमा साहित्य र राजनीतिले समाजमा पारिरहेको प्रभाव र पार्न पर्ने प्रभावमाथि कुराकानी भएको थियो।

No comments:

Post a Comment

Post Bottom Ad