विश्वकपको इतिहासमा फ्रान्सले पहिलोपल्ट जित्यो अर्जेन्टिनालाई; मेस्सीको मेजिक नचल्दा अर्जेन्टिना विश्वकपबाट विदा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, June 30, 2018

विश्वकपको इतिहासमा फ्रान्सले पहिलोपल्ट जित्यो अर्जेन्टिनालाई; मेस्सीको मेजिक नचल्दा अर्जेन्टिना विश्वकपबाट विदा


गफसफ.com, कजान (रूस) 30 जून।

फ्रान्सले विश्वकप फुटबलको इतिहासमा पहिलोपल्ट अर्जेन्टिनालाई पराजित गरेर क्वाटर फाइनलको टिकट काटेको छ। किलियाने एमबापेको दुई गोलको सहयोगले फ्रान्सले पहिलोपल्ट विश्वकप फुटबलको मैदानमा अर्जेन्टिनालाई पराजित गरेको हो। अन्तिम 16 को पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई 4-3 ले पराजित गरेको हो।

मैदानमा फ्रान्सका खेलाडी एमबापेले आक्रमक खेल खेल्दै टिमलाई जितको निम्ति अग्रसर गराएको हो। टोलिका अर्का स्ट्राइकर एन्टोइन ग्रिजमानको सहयोगमा फ्रान्सले खेलको 13 औँ मिनटमा नै पेनल्टी मार्फत 1-0 को अग्रता लिएको थियो। तर अर्जेन्टिनाका खेलाडी एञ्जल डी मारियाले 41 औँ मिनटमा लगभग 35 गज टाडाबाट हिर्काको बल सोझै फ्रान्सको गोलपोस्टमा छिरेपछि पहिलो हाफको खेल 1-1 को बराबरीमा रोकिएको थियो।

दोस्रो हाफको सुरुआत अर्जेन्टिनाका निम्ति खुशीयाली बनेको थियो। कप्तान लियोनल मेस्सीले हिर्काएको सटलाई अर्का खेलाडी गेब्रियल मर्काडोले फ्रान्सको गोलपोस्टमा छिराउँदा अर्जेन्टिनाले 48 औँ मिनटमा 2-1 को अग्रता हासिल गरेको थियो। तर उक्त खुशी धेरैबेरसम्म टिक्न सकेन। फ्रान्सका बेन्जामिन पवार्डले 57 औँ  मिनटमा गोल गरेपछि अर्जेन्टिनासँग पुन। 2-2 गोलको बराबरीमा पुगेको हो।

19 वर्षिय युवा खेलाडी एम्बापेले 64 औँ  अनि 68 औँ मिनटमा दुईवटा गोल गरेपछि भने अर्जेन्टिनाले हार स्वीकार्दै अन्तिम 16 बाट विदावारी लिनु परेको हो। युवा खेलाडी एम्बापेले फुर्तिको साथमा अर्जेन्टिनाका डिफेन्सलाई भताभुङ्गै पारेर गोल गर्नका साथै उनीहरूलाई विश्वकपको फाइनलमा पुग्ने सपना पनि भताभुङ्गै पार्दिएको हो।

अत्यन्तै रोमाञ्चक अनि तनावपूर्ण रहेको उक्त खेलको दोस्रो हाफको सुरुआतमा नै अर्जेन्टिनाले दोस्रो गोलको अग्रता लिए पनि एम्बाको दुई गोलले अन्तिम 8 मा पुग्ने सपना चक्नाचुर बनाइदिएको हो। एम्बापेले गरेको दुई गोलको सहयताले फ्रान्सले 4-2 को अग्रता बनाएपछि खेलको अन्तिम समयमा अर्जेन्टिनाका खेलाडी सर्गियो एगुएरोले तेस्रो गोल गरेर निर्धारित 90 मिनटको खेलमा बराबरी गर्ने प्रयास गरेको थियो।

अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सीले पनि गोल गर्ने मौका पाएका थिए तर उनले गोल गर्न सकेनन्। उनीमाथि फ्रान्सका डिफेन्सहरूले कडा निगरानी राखेको कारण उनले खुल्ला सट हिर्काउने मौका भने पाएनन्। जसको कारण अर्जेन्टिना अनि मेस्सीका फ्यानहरू आखिरमा निराश बन्न परेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad