लेप्चा युवाहरूलाई सिभिलसर्भिस परिक्षाको तयारीमा जुट्यो लेप्चा बिकास बोर्ड - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, June 30, 2018

लेप्चा युवाहरूलाई सिभिलसर्भिस परिक्षाको तयारीमा जुट्यो लेप्चा बिकास बोर्ड


गफसफ.com, कालेबुङ 30 जुन।

लेप्चा विकास बोर्डले लेप्चा युवावर्गलाई सिभिल सर्भिस परिक्षाको निम्ति तयारी गर्ने कार्य आरम्भ गरेको छ। यसपल्ट 30 जना लेप्चा युवावर्गलाई सिभिल सर्भिस परिक्षाको तयारीका निम्ति एउटा छनौट परिक्षा सम्पन्न भएको थियो। छनौट परिक्षामा उतिर्ण भएका 30 जनालाई लेप्चा बिकास बोर्डले राईस-सँग मिलेर सिभिल सर्भिसको कोर्स गराउने भएको छ भने सम्पूर्ण कोर्सको खर्च बोर्डले नै उठाउने पनि भएको छ।


बिकास बोर्ड गठन पछि लेप्चा युवाहरूलाई सिभिल सर्भिस परिक्षाहरूप्रति जागरूक गराउँदै लेप्चा बोर्डले विशेष जोड दिँदै आइरहेको छ। छनौट परिक्षामा उतिर्ण बन्ने युवाहरूले नि:शुल्क राईसमा अध्ययन गर्न पाउनेछन्। जसको खर्च बोर्डले नै उठाउने भएको छ। यसभन्दा अघि बोर्डले 10 जना लेप्चा युवाहरूलाई सिभिल सर्भिस परिक्षाको तयारी गराएको थियो भने एकजनाले उतिर्ण गरेर रोजगार समेल प्राप्त गरिसकेको छ भने अन्यले परिक्षा उतिर्ण गरेका छन्। त्यहीँ योजनालाई अझ वृहत बनाउँदै बोर्डले थप अन्य युवाहरूलाई अवसर प्रदान गर्ने पहल गरेको हो।

L.S Tamsang, Chairman MLLDB
सिभिल सर्भिस कोर्सको छनौट परिक्षाका निम्ति एकसय भन्दा अधिकले भाग लिएका थिए। जसमध्ये केवल 30 जनालाई मात्र बोर्डले छनौट गरेर अध्ययनको खर्चपात उठाउनेछ। लेप्चा बिकास बोर्ड अनि ईन्डिजेनिसय लेप्चा ट्राइबल एसोसिएसनको आयोजनामा एक विशेष कार्यक्रम आयोजना गरेर उक्त छनौट परिक्षा सम्पन्न भएको थियो। यस अवसरमा बोर्डका अध्यक्ष एल.एस तामासाङ, राइसका सिनियर भाइस प्रेसिडेन्ट राजिब सोम, प्रो. राजीव सेन, इल्टा महासचिव रूमदेन लेप्चा,  एमएलडीबी कार्यकारी सदस्य अलवर्ट लेप्चा आदि उपस्थित रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा एमएलडीबी अध्यक्ष ल्याङसोङ तामसाङले बोर्डले युवा पीड़िको भविष्यलाई सोचेर नै लगातार कार्य गरिरहेको बताए। उनले लेप्चा युवाहरूलाई आफ्नो भाषा र संस्कारसंग नजिक रहने आह्वान पनि गरे। ‘बोर्डले नयाँ पीढिकै निम्ति काम गरिरहेको छ। युवाहरूको निम्ति चाँड़ै कालेबुङमा इन्फरमेशन ब्याङ्क पनि शुरू गर्नेछ। जस मार्फत उनीहरूले हरेक जानकारी लिन सक्नेछन्’ तामसाङले भने।

उनले अहिलेसम्म बोर्डले पाँच हजार दुई सय घर निर्माण गरिसकेको बताउँदै यसबाहेक पिउने पानीको योजना, सामुदायिक भवन निर्माणदेखि रात्री पाठशालाहरूको निर्माणमा धेरै कार्य गरिसकेको पनि जानकारी गराएका थिए। ‘हाम्रो सोच र सपना भनेको युवाहरूको निम्ति हो। त्यहीँ कारण यो कोर्सको पनि आयोजना गरिरहेको छ अनि यसको निम्ति लाग्ने सम्पूर्ण रकम बोर्डले व्योहोर्नेछ’ तामासाङले भने। उनले आफ्नो सम्बोधनको क्रममा नयाँ पीड़िले जातिको निम्ति पनि सोच्न आवश्यक छ पनि भने। ‘नयाँ पीड़िलाई म एउटै आह्वान गर्छु, उनीहरूले लेप्चा भएर बाँच्न सकुन् र लेप्चा भएरै मर्न पाऊन्', तामसाङले भने।

यता ईल्टा महासचिव रूमदेन लेप्चाले उक्त छनौट परिक्षामार्फत् यसचोटि तीस विद्यार्थीलाई राइ मार्फत् सिभिल सर्भिस परिक्षाको निम्ति हुने कोर्सको निम्ति पठाइने बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad