फिफा विश्वकप 2018: फ्रान्स अर्जेन्टिनाको रोमाञ्चक खेलको पहिलो हाफमा स्कोर 1-1 को बराबरीमा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, June 30, 2018

फिफा विश्वकप 2018: फ्रान्स अर्जेन्टिनाको रोमाञ्चक खेलको पहिलो हाफमा स्कोर 1-1 को बराबरीमा


गफसफ.com, कजान (रूस) 30 जून।

फिफा विश्वकप 2018 को पहिलो नकआउट खेलामा फ्रान्स अनि अर्जेन्टिनाबिच रोमाञ्चक खेल सुरु भएको छ। दुवै टोलिले खेलको पहिलो हाफमा 1-1 गोल गरेर बराबरी बनाएको छ।

खेल सुरु भएको 13 औँ मिनटमा फ्रान्सका स्ट्राइकर ग्रिजमेनले फ्रान्सको निम्ति पेनल्टि मार्फत पहिलो गोल गरेर अर्जेन्टिनाविरुद्ध 1-0 को बढत हासिल गरेको थियो। यता फ्रान्सको पक्षबाट 1 गोल खाएको अर्जेन्टिनाका डी मारियाले पाएको सुन्दर बललाई फ्रान्सको गोलपोस्ट भित्र छिराएर 1-1 को बराबरीमा पुर्‍याएका छन्। जसको कारण पहिलो हाफको 45 मिनटको निर्धारित खेलमा दुवै टोलि 1-1 को बराबरीमा अल्झेको छ।

फ्रान्सले सुरुआत खुबै आक्रमक खेलेको थियो। प्री क्वाटर फाइनलको पहिलो खेलमा सबैको नजर अडेर बसेको छ। बल पोजिसनको मामिलामा अर्जेन्टिना अघि रहे पनि सुरुआतमा फ्रान्सले गोल गरेर अर्जेन्टिनालाई पूर्णरूपले दबावमा पारेको थियो। यद्यपी अर्जेन्टिनाका खेलाडीहरूले संयम बनाएर खेल्दै फ्रान्सँग पहिलो हाफमा नै बराबरी गरेर राहतको श्वास लिएको छ।

No comments:

Post a Comment

Post Bottom Ad