रष्ट्रिय गोर्खाल्याण्ड कमिटिको वैठक; ले. जेनेरल शक्ति गुरुङले भने ‘रागोसले राज्य प्राप्तिको रणनीति बनाउँछ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, June 3, 2018

रष्ट्रिय गोर्खाल्याण्ड कमिटिको वैठक; ले. जेनेरल शक्ति गुरुङले भने ‘रागोसले राज्य प्राप्तिको रणनीति बनाउँछ’


गफसफ.com, कालेबुङ 3 जुन।

रष्ट्रिय गोर्खाल्याण्ड कमिटिको वैठक सम्पन्न भएको छ। छुट्टै राज्य गोर्खाल्याण्ड अनि वर्तमान राजनैतिक परिस्थितिबारे रागोसको वैठक सम्पन्न भएको हो। कालेबुङको आपास आवगृहमा सम्पन्न वैठकमा जन आन्दोलन पार्टी, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, कङ्ग्रेस, गोर्खालिग आदि राजनैतिक दलका प्रतिनिधीवर्ग उपस्थित रहेका थिए भने अराजनैतिक दलबाट भारतीय गोर्खा परिसंघ अनि राष्ट्रिय गोर्खाल्याण्ड समितिका प्रतिनिधीवर्ग उपस्थित थिए।

Joel Rai (Left), Lt. Gen (Rtd) Shakti Gurung, Trilok Dewan (formor MLA, Darjeeling)


‘अप्रेल महिनामा एनजीसीले भिजन डक्युमेन्ट सार्वजनिक गरेको समय धेरजसो राजनैतिक दलहरूले नै सबै दलहरूलाई एउटै छाताको मुनी ल्याउनका निम्ति एनजीसीलाई आग्रह गरेको थियो। त्यसपछि हामीले उक्त कार्यको निम्ति वैठक बस्न अनिवार्य ठानेका थियौँ। त्यसैको फलस्वरूप आज वैठक भएको हो’ उक्त कुरा राष्ट्रिय गोर्खाल्यण्ड समितिका अध्यक्ष अ.प्रा ले. जेनेरल शक्ति गुरुङले भनेका हुन्। उनले अझ भने- ‘वैठक गर्नुको मूल उद्देश्य गोर्खाल्याण्डको मुद्दालाई लिएर गर्ने संघर्षमा पहाडका राजनैतिक दलहरूको समर्थन छ कि छैन भन्ने बुझ्न पनि हो।’

उनले वैठकमा विभिन्न राजनैतिक पार्टीहरूलाई समेत बोलाएको बताउँदै वैठकमा सबैले गोर्खाल्याण्डको मुद्दाप्रति समर्थन गरेको बताए। ‘हामीले सबै राजनैतिक दलहरूलाई ‘तपाईँहरूको लक्ष्य के हो? मुद्दा के हो?’ सोधेका थियौँ। यसबारे पनि सबैले नै गोर्खाल्याण्ड नै लक्ष्य अनि गोर्खाल्याण्ड नै मुद्दा हो भने’  गुरुङले भने। यसक्रममा उनले रागोसलाई वौद्धिक बिचारहरूको केन्द्र रहेको बताउँदै सडकमा गएर आन्दोलन गर्ने कार्य आफुहरूले नगरेर माथिल्लो तहमा के कस्ता कार्य गर्नुपर्ने अनि राजनैतिक दलहरूलाई बाटो देखाउने कार्य गर्ने भएको पनि गुरुङले बताएका छन्। राष्ट्रिय गोर्खाल्याण्ड समितिले रूपरेखा तयार पार्छ, माथिल्लो तहमा गर्नुपर्ने काम गर्छ। सडकमा आएर आन्दोलन गर्दैन। हामी राज्य प्राप्तिको निम्ति गर्नुपर्ने रणनीति बनाउँछौँ अनि सरकारसँग कुरा राख्छौँ’ शक्ति गुरुङले भने। उनले पहाडमा छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई दबाउन राज्य सरकारले जे जस्तो कार्य गरे पनि वास्तवमा प्रत्येक मानिसहरूको मनमा भने गोर्खाल्याण्ड गठनको चाहना भने अझै जागीरहेको बताएका छन्। 

यसैक्रममा वैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्नेक्रममा जोएल राईले पनि वैठकमा उपस्थित राजनैतिक दलहरूलाई सबैको लक्ष्य के हो भन्ने सोधेर परिचर्चा गरेको बताए। ‘सबै राजनैतिक दलका प्रतिनिधीवर्गले गोर्खाल्याण्ड प्रति प्रतिबद्ध रहेको बताएका छन्। सोहीकारण एनजीसीको प्रयासमा सामुहिक रूपले प्रत्येक दलले आफ्नो स्वार्थ त्यागेर अघि आउनलाई एउटा फोरम बनाइदिए उनीहरू अघि आउने कुरा पनि बताएका छन्’ जोएल राईले स्पष्ट पारे।  

राष्ट्रिय गोर्खाल्याण्ड समितिको आयोजनामा सम्पन्न वैठकमा गोरामुमो पार्टीका वाई लामा, जाप अध्यक्ष डा. हर्कबहादुर छेत्री, क्रामाकपा उपाध्यक्ष जेबी राई, प्रवक्ता गोविन्द छेत्री, हिल कङ्ग्रेसका सचिव दिलीप प्रधान, गोर्खालीगका सचिव प्रताप खाती, भागोप राष्ट्रिय अध्यक्ष सुकमान मोक्तान पूर्व विधायक त्रिलोक देवान आदि उपस्थित रहेका थिए।

No comments:

Post a Comment

Post Bottom Ad