गफसफ.com, कालेबुङ 1 जुन।
मुख्यमन्त्री ममता ब्यानर्जी कालेबुङ आएको समय सुरक्षाका निम्ति ल्याइएका पुलिसकर्मीहरू
आज उत्तर दिनाजपुर फर्कनेक्रममा बस दुर्घट्नामा परेका छन्। कालेबुङ शहरदेखि 9
किलोमिटर टाडो 3 माइल फाटकमा पुलिस कर्मीहरू सवार रहेको डब्ल्युबी 59 -8728 बस
कालेबुङबाट सिलगडीतर्फ जानेक्रममा दुर्घट्ना भएको हो।
दुर्घट्नाको कारण बसमा सवार
रहेका अधिकांश पुलिसकर्मीहरू घाइते भएका छन् भने 8 जनालाई तत्काल उद्धार गरेर
सिलगडी पठाइएको छ। दुर्घट्नापछि तत्कालै स्थानीय मानिसहरूको सहयोगमा उनीहरूलाई उद्घार गर्ने
कार्य गरिएको थियो।
No comments:
Post a Comment