गोरामुमो नेता पिसी अग्रावलको वयानप्रति गोजमुमोको विरोध; विनय तामाङले भने –‘बयान फिर्ता नलिए कानुनी कार्वाही गर्नेछौँ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, June 24, 2018

गोरामुमो नेता पिसी अग्रावलको वयानप्रति गोजमुमोको विरोध; विनय तामाङले भने –‘बयान फिर्ता नलिए कानुनी कार्वाही गर्नेछौँ’


गफसफ.com, दार्जीलिङ 24 जुन।

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) नेता पिसी अग्रवालले गैरजिम्मेवारीपूर्वक वक्तव्य दिएको गोजमुमोले आरोप लगाएको छ। गोजमुमो अध्यक्ष विनय तामाङले एक प्रेस विज्ञप्ति जारी गरेर गत गत 22 जुनका दिन खर्साङमा स्व. सुबास घिसिङको 83 औ जन्मजयन्ती समारोहमा गोरामुमो पार्टीका नेता श्री पीसी अग्रवालले दिएको वक्तव्यप्रति ‘गोर्खा जनमुक्ति मोर्चा पार्टी क्षुब्ध छ’ भनि विनय तामाङले विज्ञप्तिमा बताएका छन्।


अग्रवालले पहाडको शान्ति अनि सद्भावनालाई विगार्ने प्रकारका वक्तव्य दिएको भन्दै उक्त वक्तव्यप्रति विनय तामाङले विज्ञप्ति जारी गरेर खण्डन गरेका हुन्। ‘वरिष्ठ नागरिक एवं राजनैतिक व्यक्तिले पहाडको शान्ति श्रृङ्खला साथै साम्प्रदायिक सद्भावनालाई विथोल्ने किसिमले दिएको गैर जिम्मेवारीपूर्ण वक्तव्यको हामी घोर विरोध गर्दैछौ’ तामाङले भनेका छन्।
विनय तामाङ अनि अनित थापालाई खेद्नुपर्छ जस्तो वाक्यको प्रयोगले स्वच्छ राजनैतिक परिवेशमा ठुलो घात पुग्नसक्छ भनि विनय तामाङले जारी प्रेस विज्ञप्तिमा बताएका छन्। उनले 1986 दशकदेखि दार्जीलिङ पहाडमा यस्तै कुप्रथा चलिआइरहेको बताउँदै जसको कारण नै आफुले 25 सेप्टेम्बर 2017 देखि कसैलेपनि अब यस्तो घिनौना राजनीति गर्नुहुदैन भनेर भन्दै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘हामी घर जलाउने, मार्ने, खेद्ने विचार र कुकृत्यहरूलाई तिलाञ्जली दिई स्वच्छ राजनैतिक परिवेश सिर्जना गर्दै दार्जीलिङ पहाडलाई शान्ति र सर्वाङ्गीन विकासको मार्गमा अग्रसर गराउनु सचेत नागरिकको धर्म र कर्तव्य बन्दछ’ विनय तामाङले विज्ञप्तिमा लेखेका छन्। आजपनि दार्जीलिङका कतिपय राजनैतिक व्यक्तिहरू दार्जीलिङ पहाड छोडेर बाहिरिनु परिरहेको बताउँदै उनीहरूलाई जनताले नखेदेर कानुनी प्रक्रियामा परेकाले उनीहरूले दु:ख भोग्न परेका हुन् भनि तामाङले भनेका छन्।

‘विगतमा धेरै राजनैतिक हत्याहरू भए यहाँसम्म कि चिहानसम्मपनि खनियो औ हाम्रा विभूतिहरूका मूर्तीहरू तोडफोड गरियो। यी सबै असभ्य मानसिकताको परिचायक हुन्। हामी के फेरि घरिघरि असभ्यताको परिचय नै दिइरहने ?’ विनय तामाङले विज्ञप्तिमा प्रश्न तेर्साएका छन्। 

उनले प्रत्येक राजनैतिक पार्टीहरूको आ-आफनो राजनैतिक सिद्धान्त र वैचारिक सविंधान भएको कारण एक पार्टीले अर्को पार्टीलाई नीच देखाउनु, एक नेताले अर्को नेताको आलोचना गर्नु राजनीतिको धर्म नै हो भन्दै ‘त्यो राजनीतिको धर्मको गरिमा र मापदण्डलाई परित्याग गरेर निम्नस्तरको शब्दहरू प्रयोग गरेर गाली गर्नु राजनेताको मर्यादा नराख्नु हो’ भनि बताएका छन्। ‘पीसी अग्रवालज्युलाई आफ्नो बयानलाई फिर्ता लिएर माफी माग्नुपर्ने हामी माग राख्दछौं। यदि पीसी अग्रवालज्युले आफनो वयानलाई फिर्ता नलिए औ प्रेस मीडिमार्फत माफी नमागे हामी कानुनी पदक्षेप लिनमा वाध्य हुनेछौं’ तामाङले विज्ञप्तिमा स्पष्ट लेखेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad