विनय तामाङको उद्योगपतिहरूसँग कोलकोतामा वैठक; पहाडमा दर्जनौँ परियोजनाहरू भित्रिने सम्भावना - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, June 23, 2018

विनय तामाङको उद्योगपतिहरूसँग कोलकोतामा वैठक; पहाडमा दर्जनौँ परियोजनाहरू भित्रिने सम्भावना


गफसफ.com, दार्जीलिङ23 जुन।

जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनका अध्यक्ष विनय तामाङले बङ्गालका उद्योगपतिहरूलाई दर्जनौँ विकास परियोजनाका प्रस्तावहरू बुझाएका छन्। उनले कोलकोताको पार्क होटेलमा शनिबार जीटीए, राज्य सरकार एवम् बङ्गालका उद्योगपतिहरूसित बसेको बैठकमा उक्त प्रस्ताव सुम्पिएका हुन्। उक्त बैठक गत अप्रेल महिनामा दार्जीलिङमा सम्पन्न भएको हिल बिजिनेस सम्मिटकै फलोअप बैठक भएको थियो। यसबारे जीटीए बोर्डका अध्यक्ष विनय तामाङले एक प्रेस बिज्ञप्ति जारी गरेर जानकारी दिएका छन्।


उक्त विज्ञप्तिमा पश्चिम बङ्गालका गृह-सचिव आत्री भट्टचार्य, जीटीए अध्यक्ष विनय तामाङ, जीटीए सचिव सुब्रतो विश्वास, जीटीए सचिव एम मुर्गन, अमरसिहँ राई (दार्जीलिङ), डा. रोहित शर्मा (विधायक, खरसाङ), जीटीए शिक्षा विभागका कार्यकारी निर्देशक ज्योर्तिमय ताम्ती, जीटीए मिडिया एक्जीक्युटिभ विक्रम राई आदिले सीआईआई उत्तर-पूर्वीक्षेत्रका क्षेत्रीय निर्देशक नीता कर्मकारलगायत पश्चिम बङ्गालका प्रसिद्ध उद्योगपति एवम् कम्पनीका प्रतिनिधिहरूसित गत केही महिनाअघि पहाडमा भएको हिल बिजिनेस सम्मिटको बारेमा फलो-अप बैठक सम्पन्न भएको दाबी गरिएको छ।

बैठकमा दार्जीलिङ पहाडको हितमा निम्नलिखित विभिन्न महत्त्वपूर्ण परियोजनाहरू सुरु गर्ने विषयमा चर्चा-परिचर्चा भएको बताइएको छ।

१. हिल बिजिनेस सम्मिटपछि सीआईआईले दार्जिलिङको पानीको समस्यालाई कोलकोताबाट एक विशेषज्ञ टोली आएर सर्वेक्षण गरेको थियो भने उक्त टोलीले आफ्नो रिपोर्टसितै एउटा प्रोजेक्ट पनि कलकत्तामा सम्बन्धित विभागलाई बुझाइसकेको छ। उक्त प्रोजेक्ट हालमा उच्चस्तरीय अधिकारीहरूको टेबलमा रहेको छ भने चाडै अनुमोदन पनि हुनेछ।

२. दार्जिलिङको युथ होस्टेलमा सीआईआईले आगामी जुलाई महिनादेखि जीटीएको स्कील सेन्टर सुरु गरिनेछ।

३. जीटीए क्षेत्रमा लघु उद्योग एवम् लघु उद्योग व्यवसायीहरूलाई प्रोत्साहित गर्नुको निम्ति हिल बिजिनेस सम्मिटकै समय प्रस्ताव लिइएको अदुवा, हर्दी, तुलसी, कुच्चो, मह आदिको रिपोर्ट जीटीए अध्यक्षलाई आज नै बुझाइएको छ भने यी लघु उद्योग धन्धाहरूलाई अझ कसरी विस्तार एवम् प्रोमोट गरिनेछ।

४. मङपूमा शिक्षा एवम् औषधीय पौधाहरूलाई लिएर ठुलो रूपमा उद्योग सुरु गरिने। त्यसको निम्ति भौगोलिक रिपोर्ट दिनुपर्ने हुन्छ तथापि अहिलेसम्म उक्त रिपोर्ट तयार पारिएको छैन। उक्त रिपोर्ट बुझाइएपछि मङपूलाई लगत्तै एडुकेशन एवम् मेडिकल हबको रूपमा विस्तार गरिनेछ।

उक्त चारवटा योजनाहरू सीआईआईको तर्फमा आजको बैठकमा जीटीए अध्यक्ष विनय तामाङलाई बुझाइएको छ भने चाडै यस विषयमा कार्यान्वयन सुरु हुनेछ। यसबाहेक सभामा उपस्थित अन्य बङ्गालका प्रसिद्ध औद्योगिक कम्पनी एवम् उद्योगपतिहरूद्वारा पनि पहाडको निम्ति विभिन्न परियोजनाहरूबारे रिपोर्ट पेश गरियो।

उक्त रिपोर्टहरू निम्नलिखित रहेका छन्-

१. टेक्नो इण्डिया ग्रुपको तर्फबाट तीनवटा परियोजनाहरूको प्रस्ताव जीटीए अध्यक्षलाई बुझाइएको छ जसमा क्रमैले पहाडमा इञ्जिनिरीङ कलेज, नर्सिङ कलेज अनि मेडिकल कलेजको स्थापना रहेको छ।यी परियोजनाहरू स्थापना गर्नुको निम्ति जीटीएले जमिनको दस्तावेजहरू प्रदान गर्नुपर्ने तथा डीपीआर आदिको तारतम्य मिलाउनेछ।

२. न्यूटिया नर्सिङ इन्स्टिट्यूटको तर्फबाट 200 बेड भएको न्यूटियाको अस्पताल अगावै सिलगढ़ीमा रहेकोले उक्त अस्पतालमै प्यारा-मेडिकल स्कील्ड इन्स्टिट्यूट स्थापना गर्नेछ।

३. पहाडमा हेल्थ केयर स्टे सुरु गर्ने प्रस्ताव जीटीएसमक्ष बुझाएको छ। उक्त परियोजनामार्फत जीटीएक्षेत्रमा होम-स्टेजस्ता उद्योग सञ्चालन गरिनेछ जहाँ विभिन्न क्षेत्रका बिरामीहरूलाई स्वास्थ्य लाभ अनि आराम गर्नुको उद्धेश्यले बसोबासो गर्न आउनेछन्।

४. जीटीएक्षेत्रमा धेरैवटा बीपीओ सेन्टर एवम् डेटा सेन्टरहरू निर्माण गरिने। यसको निम्ति सर्वप्रथम दार्जिलिङको इन्टनेट व्यवस्था सुधार गरिने। विभिन्न इन्टरनेट कम्पनीहरूलाई फाइबर अप्टिक्स लगाउने कार्य गरिने।जीटीएको तर्फबाट डेटा स्टोर सेन्टरहरूको स्थापना गरिने।

५. दार्जीलिङ अनि कालेबुङमा आइटी पार्कहरूको स्थापना गरिने।

६. दार्जीलिङमा नयाँ- नयाँ होटेलहरूको खोलिने।

७. दार्जीलिङमा नर्सिङ कलेज खोलिए दार्जीलिङबाट धेरैजना तालिमप्राप्त नर्सहरूलाई रोजगारसहित बाहिर पठाउन सकिनेछ जसको अप्रत्यक्ष आर्थिक मुनाफा जीटीएक्षेत्रलाई नै हुनेछ। यी उद्धेश्यले दार्जीलिङमा नर्सिङ कलेजहरू स्थापना गरिने।

यीबाहेक पनि अन्य धेरैवटा परियोजनाहरूको विषयमा आजको सभामा चर्चा- परिचर्चा एवम् प्रस्ताव पारित गरिएको पनि तामाङले विज्ञप्तिमा उल्लेख गरेका छन्। जसमा जीटीए आफैले सुकनामा एउटा अर्गानिक एग्रीकल्चर मार्केट स्थापना गर्ने भएको छ। सुकनामा अगावै रहिआएको एउटा कृषि बजारको भवन रहेको छ भने त्यसैलाई नवीकरण गरेर त्यहाँ अर्गानिक एग्रीकल्चर मार्केट स्थापना गर्नेछ जहाँ कोल्ड स्टोरेजको सुविधा पनि रहनेछ। जीटीएक्षेत्रका अर्किडलगायत विभिन्न फल-फुलहरू मार्केटिङको निम्ति त्यहाँ सङ्कलन गरिनेछ।

दार्जीलिङ पहाडमा सञ्चालन भइरहेका होम- स्टेहरूलाई पर्यटन व्यवसायसित जोड्नुको निम्ति बङ्गाल सरकार र जीटीएले मिलेर वेबसाइट एवम् अनलाइन एप्लीकेशनहरूमार्फत मार्केटिङ गरिदिने।

पहाडमा सम्पन्न भएको बिजिनेस सम्मिटपछि जीटीएक्षेत्रमा भविष्यमा विभिन्न प्रकारको परियोजनाहरू सुरु हुने तय भइसकेकोले उक्त परियोजनाहरूलाई व्यवस्थितरूपमा सुरु गर्नलाई पश्चिम बङ्गाल सरकार, जीटीए अनि सीआईआईले एउटा संयुक्त कमिटी पनि गठन गर्ने आजको सभामा प्रस्ताव लिइएको छ। उक्त कमिटीले दार्जीलिङ पहाडमा विकासकार्यसित सम्बन्धित सबै परियोजनाहरूलाई द्रुत गतिमा अघि लाने कार्य गर्नेछ।

समग्रमा उक्त बैठक अति नै सफल भएको छ। उक्त सभालाई सम्बोधन गर्दै पश्चिम बङ्गाल सरकारका गृह सचिव आत्री भट्टचार्यले विशेष पहाडको सोलिड वेस्ट म्यानेजमेन्टको क्षेत्रमा बङ्गालका उद्योपतिहरूले कर्पोरेट सोसियल रेस्पोन्सिलिटीमार्फत योगदान प्रदान गर्ने आह्वान गरे भने जीटीएमार्फत यथाशीघ्र पहाडलाई विकासको मार्गतिर दोहोराउने पनि उनले बताए।

No comments:

Post a Comment

Post Bottom Ad