मन घिसिङले फर्काए राज्य सरकारले दिएको सम्पूर्ण पद; भने – ‘आप्पाकै जन्मदिनमा सरकारले दिएको एचएडीसी र मन्त्री पद सबै फर्काउँदैछु’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, June 22, 2018

मन घिसिङले फर्काए राज्य सरकारले दिएको सम्पूर्ण पद; भने – ‘आप्पाकै जन्मदिनमा सरकारले दिएको एचएडीसी र मन्त्री पद सबै फर्काउँदैछु’


गफसफ.com, खर्साङ 22 जुन|

गोरामुमो अध्यक्ष मन घिसिङले पश्चिम बङ्गाल सरकारले गठन गरेर राखेको हिल एरिया डेभलभमेन्ट कमिटिको अध्यक्ष अनि मन्त्री पद सरकारलाई फिर्ता दिने घोषणा गरेका छन्। उनले आज खर्साङमा गोरामुमो संस्थापक अध्यक्ष स्व. सुवास घिसिङको 83 औँ जन्मदिवसमा एचएडीसी (Hill Area Development Committee) अनि मन्त्री स्तरीय पद राज्य सरकारलाई नै फिर्ता दिने घोषणा गरेका हुन्।


‘तत्कालिन समयको स्थिति र परिस्थितिले जन्मिएको थियो एचएडीसी। मुख्यमन्त्रीले राम्रो सोंच राखेर बनाएका थिए। समय बित्दै गयो अनि हामीले पनि राम्रो गर्ने कोसिस गर्दै गयौँ। सबैले कोसिस गरेर गरिब जनताको निम्ति काम गर्न खोज्यौँ। गरीब जनताको निम्ति काम गर्ने कोसिस गर्दै गर्दा हामीले गालीहरू खाइरह्यौँ। बिस्तारै बिचबिचमा फुट बड्दै गयो। यसकारण आज आप्पाकै जन्मदिनमा सरकारले दिएको एचएडीसी, मन्त्री पद जे पनि दिएको छ त्यो सबै फर्काउँदैछु’ मन घिसिङले घोषणा गर्दै भने।

उनले एचएडीसी अनि मन्त्री स्तरीय पद सरकारलाई फिर्ता गर्ने घोषणा गरेपछि उपस्थित समर्थकहरूले जोड्दार नारबाजी गर्दै समर्थन जनाएका थिए। यसक्रममा ‘मन घिसिङ जिन्दावास’, ‘गोरामुमो जिन्दावाद’ को नाराले कार्यक्रम स्थल गुञ्जयमान बनेको थियो भने मानिसहरूले पटेका समेत पड्काएर मन घिसिङको घोषणालाई स्वागत जनाएका थिए। ‘राज्यसँग हाम्रो केही दुशमनी छैन। उनीहरूले जे रणनीति अप्नाउँछ त्यो उनीहरूको कुरा हो, तर मेरो कुरा यो पहाडलाई कसरी राम्रो बनाएर लानु भन्ने हो’ मन घिसिङले अझ भने –‘अँध्यारो हटाउनुलाई अध्यारोनै फालेर हुँदैन। अँध्यारोमा अँध्यारोनै फाले त्यहाँ प्रकाश आउँदैन। यसकारण अब हामी भुल्लिने छैनौँ।’ यसक्रममा उनले पार्टी कार्यकर्ताहरूलाई एकबद्ध भएर अघि बड्नुपर्ने पनि आह्वान गरे।

अर्कोतर्फ मन घिसिङले पार्टीको केन्द्रिय कमिटिदेखि लिएर जिल्ला कमिटि अनि ब्राञ्च कमिटिहरू पनि भङ्ग गरेको घोषणा गरेका छन्। उनले सङ्गठनलाई दह्रिलो बनाएर अघि बडाउँन अत्यन्त्यै सोंच विचार गरेर निर्णय लिएको बताउँदै पार्टीको केन्द्रिय, जिल्ला स्तरीय अनि अन्य शाखा समितिहरू पनि बिघट्नको घोषणा गरेका हुन्। ‘दार्जीलिङ, कालेबुङ अनि खर्साङको कमिटि विघटन गरिन्छ। यसका साथै पार्टीको केन्द्रिय कमिटि पनि आज यहीँबाट बिघटन गरिन्दैछ’ मन घिसिङले अझ भने –‘नयाँ सोंच विचारको साथमा सङ्गठनलाई बलियो पार्नलाई यो गरिएको हो।’

No comments:

Post a Comment

Post Bottom Ad