गफसफ.com, कालेबुङ
18 जुन।
गाउँमा बिकासको मूल नफुटेपछि जाबो एउटा खहरे खोला तर्नका निम्ति पनि गाउँलेहरू आफैले बाँसको फड्के निर्माण गर्न परिरहेको छ। वर्खा लागेपछि गाउँलेहरूलाई जहिल्यै पुलको समस्या हुन्छ। समस्या त छ तर कसले समाधान गर्ने? प्रश्न मात्रै आउँछ बर्खासँगै। समाधान नभएपछि आखिरमा गाउँलेहरूले नै बाँसको फड्के लगाउनुपर्ने अवस्था आउँछ यसरी नै प्रत्येकवर्ष।
गाउँमा बिकासको मूल नफुटेपछि जाबो एउटा खहरे खोला तर्नका निम्ति पनि गाउँलेहरू आफैले बाँसको फड्के निर्माण गर्न परिरहेको छ। वर्खा लागेपछि गाउँलेहरूलाई जहिल्यै पुलको समस्या हुन्छ। समस्या त छ तर कसले समाधान गर्ने? प्रश्न मात्रै आउँछ बर्खासँगै। समाधान नभएपछि आखिरमा गाउँलेहरूले नै बाँसको फड्के लगाउनुपर्ने अवस्था आउँछ यसरी नै प्रत्येकवर्ष।
कालेबुङको खण्ड-2 अवस्थित डुक्का र कागेलाई जोड़्ने गंग्योप खोलामाथि आजसम्म
पक्का पुल बन्न सकेको छैन। जसले गर्दा
स्थानीय मानिसहरूले लामोसमयदेखि हुनसम्मको समस्या झेल्न परिरहेको छ। सैकड़ो मानिसहरूको आवात जावत हुने उक्त
खोलावारि डुक्का र खोलिपारि गंग्योप, गेरोक, मरिया, कागे रवेक, लद्दाम, लाभा आदि क्षेत्रहरू अवस्थित छ। फलस्वरूप कुनै पनि खण्ड
कार्यालयको काम गर्नपरे खोला पारिका अधिकांश मानिसहरूले सोही पुल तरेर आउनु पर्ने
हुन्छ।
सबै भन्दा ठूलो समस्या भनेको डुक्का क्षेत्रका विद्यार्थीहरूको रहेको छ, जो प्रतिदिन कागे हाईस्कूल जाने गर्दछ। यस्तोमा क्षेत्रमा
पक्का पुल नभएकोले गर्दा आम मानिसहरूले जहिले समस्या झेल्न परिरहेको स्थानीयहरूले
गुनासो गरेका छन्। स्थानीयहरू अनुसार गेरोकका अधिकांश मानिसहरूले बजार व्यवसायको
निम्ति पनि सोही खोलाबाट आउनुपर्ने हुन्छ। त्यतिमात्रै होइन डुक्का क्षेत्रका
अधिकांश निम्न परिवारका नानीहरू कागे हाईस्कूल जाने गर्दछन्।
विभागीय नजरदेखि ओझेलमापरेको गाउँको समस्यालाई हेनतेन टार्नका निम्ति आखिरमा
गाउँलेहरूले नै फड़के निर्माणकार्य गरेका छन्। बाँसको फड़के बनाएर फर्किरहेका
विशाल सुब्बा अनुसार स्थानीय विद्यार्थीहरू हत्केलामा ज्यान लिएर पुलमाथिबाट आवात
जावत गरिरहेका छन्। बर्खायाममा खोलाले ठूलो रूप लिने गरेको गुनासो गर्दै उनले भने-
‘प्रत्येक वर्ष नै गाउँलेहरू मिलेर बाँसको फड़के निर्माण
गरिन्छ। ठाड़ो र साँघुरो खोला रहेकोले गर्दा क्षेत्रमा पक्का फड़के निर्माण गर्न
जरुरी हुन्छ। यस्तोमा स्थानीयहरूले जहिले समस्या झेल्न परिरहेको छ’ उनले अझ भने –सबैभन्दा ठूलो कुरा भनेको विद्यार्थीहरूको भविष्यलाई लिएर
हामी चिन्तित छौँ। जो प्रत्येक वर्षा यसरी नै हिँड़्ने गर्छन्।’
उनले यसरी आफ्नो ज्यानलाई जोखिममा राखेर यात्रा गर्दा कुनै दुर्घट्ना भने
जिम्मेवार को हुन्छ? भनि प्रश्न समेत तेर्साएका छन्। यता स्थानीय सोमछिरिङ लेप्चाले पनि क्षेत्रका
मानिसहरूले ग्रामपञ्चायतको सानो कामको निम्ति पनि कागे पुग्नुपर्ने बताउँदै खोलामा
पक्का पुल नहुनु नै गाउँलेहरूको मुख्य समस्या हो भने। उनले वर्खायाममा खोलाको पुल
आफूहरूको निम्ति अभिशाप बनेको बताउँदै सम्बन्धित निकायले समस्या समाधान गर्नुपर्ने
माग गरेका छन्।
अर्कोतिर रोड्रिक लेप्चाले पनि क्षेत्रमा सबै भन्दा ठूलो समस्या पक्का पुलको
रहेको बताए। उनीअनुसार क्षेत्रका मानिसहरू सोही खोलाको कारण प्रत्येक वर्ष चिन्तित
हुनेगर्छन्। स्थानीयहरूले चर्च जानको निम्ति पनि सोही पुल प्रयोग गर्नुपर्ने
जनाउँदै बाँसको फड़केमा कहिलेसम्म हिँड़नुपर्ने हो? भन्ने प्रश्नसमेत गरे। लामोसमयदेखि नै क्षेत्रमा वर्षैपछि
फड़के बनाउने कार्य गरिरहेको जनाउँदै जीटीए प्रशासनको नजर पनि क्षेत्रमा पुग्न
नसकेको गुनासो गरे।
No comments:
Post a Comment