फिफा विश्वकप 2018 : पाँचपल्टको विश्व च्याम्पियन ब्राजिल स्वीजरल्याण्डसँग 1-1 को बराबरीमा रोकियो - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, June 18, 2018

फिफा विश्वकप 2018 : पाँचपल्टको विश्व च्याम्पियन ब्राजिल स्वीजरल्याण्डसँग 1-1 को बराबरीमा रोकियो

गफसफ.com, मस्को, 17 जुन।

विश्वकप फुटबल 2018को  प्रबल खिताबी दाबेदार ब्राजिल स्विजरल्याण्डसँग 1-1 को बराबरीमा रोकिएको छ। पाँचचोटिको विश्वच्याम्पिन ब्राजिललाई पहिलो खेलमा स्वीजरल्याण्डले बराबरीमा रोकेर राखेको हो। सन् 1978 पछि पहिलोपल्ट ब्राजिलले विश्वकप फुटबलको पहिलो खेलमा जित निकाल्न नसकेको हो। पहिलो हाफमा फुर्तीको साथमा स्वीजरल्याण्डमाथि दबाव बनाउने ब्राजिल दोस्रो हाफमा भने चुकेको थियो। जसको सटिक फाइदा उठाउँदै स्वीजरल्याण्डले बराबरीमा रोकेको हो।


स्टार स्ट्राइकर नेमारमाथि ब्राजिलले जित हासिल गर्ने पूर्ण विश्वासको साथमा मैदानमा ओर्लिएको थियो तर, नेमार आफैले भने गोल समेत गर्न सकेनन्। उनले पाएको केही मौकालाई समेत स्वीजरल्याण्डका गोलरक्षक योन सोमेरले फुर्तीको साथमा बचाउ गर्दा नेमारले निराशा झेल्न परेको थियो। उनले खेलको अन्तिम समयमा पनि विजय हासिल गर्नका निम्ति डिबक्स देखि बाहिर अत्यन्त्यै सुनौला मौका हासिल गरेको थियो। उनले अन्तिम समयमा पाएको फाउललाई पनि गोल परिण गर्न नसकेपछि पाँचपल्टको विश्व च्याम्पियन ब्राजिल बराबरीमा सन्तोक गर्न परेको हो।

ब्राजिलका खेलाडी काउटिन्होले पहिलो हाफको 17 औँ मिनेटमा पहिलो गोल गरेर 1-0 को अग्रता दिएका थिए। उक्त अग्रता पहिलो हाफको अन्तिम समयसम्म नै कायम रहेको थियो। एक गोलले पछि परेको स्वीजरल्याण्डले पनि ब्राजिलमाथि आक्रमण जारी राख्यो। जसको क्रममा 50 औँ मिनेटमा स्टीवन जुबेरले कर्नर सर्टलाई सुन्दर हेडेरद्वारा गोलमा परिणत गर्दै 1-1 को बराबरीमा पुर्‍याएको हो। पछिलो विश्वकपमा जर्मनीद्वारा 7-1को सर्मानक हार बेहोर्ने ब्राजिलले स्वीजरल्याण्डमाथि जित निकाल्न एकाधिक प्रयास गरे पनि आखिरमा बराबरीमा नै चित्त बुझाउनु परेको थियो।

No comments:

Post a Comment

Post Bottom Ad