विमल गुरुङले दिए सहिदहरूलाई श्रद्धाञ्जली; भने – ‘सहिदहरूले बगाएको रगतको एक-एक थोपाको मूल्याङ्कन गर्नेछौँ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, June 17, 2018

विमल गुरुङले दिए सहिदहरूलाई श्रद्धाञ्जली; भने – ‘सहिदहरूले बगाएको रगतको एक-एक थोपाको मूल्याङ्कन गर्नेछौँ’

गफसफ.com, कालेबुङ 17 जुन।

गोर्खा जनमुक्ति मोर्चाका संस्थापक अध्यक्ष विमल गुरुङले सहिदहरूलाई दियो बालेर श्रद्धाञ्जली दिएका छन्। गत वर्ष छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनमा सहिद बनेकाहरूलाई गुरुङले एउटा कोठामा सम्पूर्ण सहिदहरूको फोटो राखेर दियो बालेर श्रद्धाञ्जली दिएका छन्। उनले उक्त श्रद्धाञ्जली दिने कार्य कहाँ गरेका हुन् भने कुरा भने खुलाएका छैनन्।
Bimal Gurung (founder Gorkha Janmunkti Morcha President)

‘हजुरहरूले सम्पूर्ण गोर्खा जातिको उन्मुक्तिका निम्ति दिएको योगदान कहिल्यै भुल्नेछैनौँ। तपाईँहरूको योगदानलाई हामी शिरमा राखेर कार्य गर्नेछौँ’ विमल गुरुङले सहिदहरूलाई स्मरण गर्दै भनेका छन्। उनले आजको दिन सम्पूर्ण गोर्खाहरूले दार्जीलिङ, कालेबुङ लगायत विश्वभरी छरिएका गोर्खाहरूले स्मरण गरेर श्र्द्धाञ्जली दिने कार्य गरेको बताउँदै उनीहरूको योगदानको एकदिन निश्चय मूल्याङ्कन हुने दाबी पनि गरेका छन्। यसक्रममा उनले सहिदहरूको बलिदानलाई साक्षी मानेर बाँचेका गोर्खाहरूको उन्मुक्तिको निम्ति कार्य गर्ने प्रतिबद्धता गरेका छन्

‘तपाईँहरूको योगदान खेरो जान दिनेछैनौँ। हामी जहाँ भएपनि हजुरहरूको योगदानलाई धुप, दियो जलाएर पानी चढाउँदै स्मरण गरेर श्रद्धाञ्जली अर्पण गरिरहेका छौँ। तपाईँहरूले बगाएको एक-एक थोपा रगतको मूल्याङ्कन हामी गर्नेछौँ। हामी हार्नेछैनौँ, अवश्यै जितेर तपाईँहरूको परिचय दिनेछौँ’ विमल गुरुङले अझ भनेका छन्। यसक्रममा उनले सम्पूर्ण गोर्खाहरूले आजको दिनमा स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेको बताउँदै श्रद्धाञ्जली व्यक्त गरेको बताएका छन्।  

भिडियो हेर्न यहाँ थिच्नुहोस्

No comments:

Post a Comment

Post Bottom Ad