फिफा विश्वकप 2018 : उलटफेरको शिकार विश्व च्याम्पियन जर्मनी मेक्सिकोद्वारा पराजित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, June 18, 2018

फिफा विश्वकप 2018 : उलटफेरको शिकार विश्व च्याम्पियन जर्मनी मेक्सिकोद्वारा पराजित


गफसफ.com, मस्को, 17 जुन।

विश्व च्याम्पियन जर्मनी उलटफेरको शिखार बन्न पुगेको छ। मेक्सिकोले फिफा विश्वकप 2018 को पहिलो खेलमा च्याम्पिय जर्मनलाई 1-0 ले पराजित गर्नका साथ अघिल्लो यात्रा कठिन बनाइदिएको छ।


सन् 1982 देखि यता विश्वकपको पहिलोपल्ट खेलमा जर्मनी पराजित भएको हो भने मेक्सिकोले विश्वकपको इतिहासमा दोस्रोचोटी जर्मनलीलाई पराजित गरेको हो। आफ्नो पहिलो विश्वकपको खेलमा हिरविङ्ग लोजानोले मेक्सिकोलाई बिजय बनाउने गोल खेलको 35 औँ मिनटमा गरेको हो। उनले डिबक्स क्षेत्रभित्र जेवियर हर्नान्डेजको सुन्दर पासलाई सटिक निशान लगाउँदै गोल गरेको हो। यता जवाबमा जर्मनीले एकाधिक गोल गर्ने प्रयास गरेपनि सम्पूर्ण प्रयासलाई मेक्सिकोका गोलरक्षक गुइलेरमो ओकोयाले पानीमा मिलाइदिएको हो। जसको कारण मेक्सिकोले च्याम्पियन जर्मनीलाई 1-0 ले पराजित गर्नका साथै आफ्नो पक्षमा 3 अङ्क बटुल्न सक्षम बनेको छ।

खेलको दोस्रो हाफमा जर्मनीले आक्रमक खेल खेले पनि उनीहरूले सटिक फिनिसिङ गर्न नसक्दा हार स्वीकार्नु परेको हो। पहिलो हाफमा एक गोलले पछि परेको जर्मनीले दोस्रो हाफमा आक्रमक खेल खेले। जवाबमा मेक्सिकोले पनि आक्रण जारी राखेको थियो। यसक्रममा मेक्सिकोले पनि एकाधिक गोल गर्ने मौका चुकाएको थियो। खेलको अन्तिम समयसम्म जर्मनीले बराबरी गर्ने प्रयास जारी राखे पनि उनीहरू सफल नहुँदा मेक्सिकोले जित हासिल गरेको हो।

No comments:

Post a Comment

Post Bottom Ad