उच्चमाध्यमिक परीक्षामा मार्था कालिकोटे कालेबुङ जिल्ला टप्पर - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, June 8, 2018

उच्चमाध्यमिक परीक्षामा मार्था कालिकोटे कालेबुङ जिल्ला टप्पर


गफसफ.com, कालेबुङ 8 जून।

पश्चिम बङ्गाल काउन्सिल अफ् हायर सेकेन्डरी एडुकेशनले उच्चमाध्यमिकको परीक्षाफल घोषणा गरेको छ। यसवर्षको उच्चमाध्यमिक परीक्षामा कालेबुङबाट मार्थ कालिकोटे जिल्ला टप्पर बनेकी छन्। उनले जिल्लाभरीमा सर्वाधिक 87.5 प्रतिशत अङ्क हासिल गरेर जिल्ला टप्पर बनेकी हुन्। कालेबुङको चर्चित विद्यालय एस.यु.एम.आई.-की छात्रा मार्था कालिकोटे कला विभागकी छात्रा हुन्। उनीपछि कालेबुङ कन्या उच्चतर विद्यालयका प्रियङ्का खवास अनि काजल राई 85.8 प्रतिशत अङ्क ल्याएर सङ्युक्त रूपमा कालेबुङ जिल्लामा दोस्रो स्थान ओगट्न सफल बनेका छन्।



यस अघि माध्यमिक परिक्षामा पनि कालेबुङ जिल्ला टप्परका रूपमा पुरुष विद्यार्थीवर्गलाई स्त्री विद्यार्थीहरूले पछि पारेका थिए भने उच्चमाध्यमिक परिक्षामा पनि स्त्री विद्यार्थीवर्गले नै जिल्ला टप्परको स्थान ओगट्न सफल बनेका छन्। जिल्ला टप्पर निकाल्ने कालेबुङको एस.यु.एम.आई विद्यालयबाट यसवर्ष मोठ 162 जना विद्यार्थीहरूले प्रथम स्थान ओगट्न सफल बनेका छन्।

अर्कोतर्फ जिल्लामा दोस्रो टप्पर निकाल्ने कन्या उच्चतर विद्यालयबाट भने मोठ 171 जना विद्यार्थीवर्ग प्रथम दर्जामा उत्तीर्ण बनेका छन्। यता कालेबुङको सन्त फिलोमिना उच्चतर माध्यमिक विद्यालयकी छात्राद्वय कविता राई अनि सृजना दरनालले बराबर 80 प्रतिशत अङ्क ल्याएका छन्। सन्त फिलोमिना उच्चतर माध्यमिक विद्यालयबाट मोठ 114 जना जना प्रथम दर्जामा उत्तीर्ण बनेका छन्।

यसरी नै कुमुदिनी विद्याश्रमबाट प्रणय खनालले सर्वाधिक 78.8 अङ्क ल्याएका छन् भने विद्यालयबाट मोठ 50 जना प्रथम दर्जामा उत्तीर्ण बनेका छन्। प्रणामी बालिका विद्या मन्दिरबाट 19 जना प्रथम दर्जामा उत्तीर्ण बनेका छन् भने विद्यालयबाट सर्वाधिक अङ्क 73.8 प्रतिशत राधा शर्माको रहेको छ। कालेबुङको सन्त जर्ज पेदोङबाट 101 जना प्रथम दर्जामा उत्तीर्ण बनेका छन् भने विद्यालयबाट अर्पण राईले सर्वाधिक 77 प्रतिशत अङ्क ल्याएका छन्। सोहिक्रममा गैरीबाँस उच्चतर माध्यमिक विद्यालयबाट 8 जना प्रथम दर्जामा उत्तीर्ण बनेका छन् भने विद्यालयबाट अङ्किता प्रधानले सर्वाधिक 79.2 प्रतिशत अङ्क ल्याएकी छन्।

टिस्टा ब्रीज उच्चतर माध्यमिक विद्यालयबाट 8 जना प्रथम दर्जामा उत्तीर्ण बनेका छन् भने प्रकृति तामाङले विद्यालयबाट सर्वाधिक 78 प्रतिशत अङ्क ल्याएकी छन्। इण्डो टिबेटन उच्चतर माध्यमिक विद्यालयबाट 3 जना प्रथम दर्जामा उत्तीर्ण बनेका छन् भने विद्यालयबाट मणिकुमार छेत्रीले सर्वाधिक 71 प्रतिशत अङ्क ल्याएका छन्। जुबली उच्चतर माध्यमिक विद्यालयबाट पनि 3 जना प्रथम दर्जामा उत्तीर्ण बनेका छन् भने विद्यालयबाट उत्तम सुब्बाले सर्वाधिक 67.8 प्रतिशत अङ्क ल्याएका छन्। मसोङ उच्चतर माध्यमिक विद्यालयबाट 3 जना, कागे उच्चतर माध्यमिक विद्यालयबाट 13 जना, अलगडा उच्चतर माध्यमिक विद्यालयबाट 11 जना, गङ्गोत्री उच्चतर माध्यमिक विद्यालयबाट 3 जना प्रथम दर्जामा उत्तीर्ण बनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad