साङ्ग्रिला बुक्स अब ‘इण्डिया’-छिर्दै - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, May 31, 2018

साङ्ग्रिला बुक्स अब ‘इण्डिया’-छिर्दै


गफसफ.com, काठमाडौं, 31 मई।

31 मई बिगत एकदशकदेखि सञ्चालनमा रहेको साङ्ग्रिला बुक्स प्रा. लि. काठमाडौं नेपाल,  साङ्ग्रिला बुक्स पब्लिकेसन्स् इन्डिया-को रुपमा भारतबाट समेत सञ्चालनमा आउने भएको साङ्ग्रिलाका सञ्चालक मणि शर्माले बताएका छन्। 

साङ्ग्रिला बुक्स इन्डियाले नेपाल र भारतमा रहेका नेपालीभाषी लेखक र पाठकको बिचमा पुलको काम गर्ने उद्देश्य लिएको छ,’ शर्माले भने, ‘नेपाली भाषा र साहित्यमा भारतीय नेपालीभाषी स्रष्टाहरूले पुऱ्याएको योगदान अविस्मरणीय छ। नेपाल र भारतमा रहेका स्रष्टा र पाठकबीचको सेतु अझै प्रगाढ बनाउने साथै भाषिक र सांस्कृतिक रुपमा दुई मुलुकमा रहेका नेपालीभाषी समुदायलाई जोड्ने संस्थाको उद्देश्य हो।

पब्लिकेसन्सले प्रधाननगरस्थित भानुभक्त समिति भवनमा रहेको कार्यालयमा बुक क्याफे  समेत सञ्चालन गर्दैछ जहा नेपालीभाषामा प्रकाशित पुस्तकहरू समेत उपलब्ध हुने र अङ्ग्रेजी, हिन्दी एवं बङ्गाली साहित्यका पुस्तक समेत साङ्ग्रिला बुक्स इन्डियाको सो रुममा उपलब्ध हुने पनि उनले जनाए।

 भारतीय नेपाली लेखकहरूका नयाँ पुराना कृतिहरू त साङ्ग्रिला इण्डियाले प्रकाशित गर्ने नै छ,’ शर्माले बताए, ‘यताका किताब उता पुऱ्याउने र उताका किताब यता ल्याउनेमात्र नभएर भारतका राम्रा वितरकहरूसितको सहकार्यमा राम्रा नेपाली किताबलाई अङ्ग्रेजी, हिन्दी र बङ्गाली भाषामा लाने र अरू भाषाका कृति नेपालीमा ल्याउनलाई काम गर्ने योजनासितै भारत छिरेका हौं।

साङ्ग्रिला बुक्स-इन्डियाको सञ्चालकमा,  साङ्ग्रिला बुक्स नेपालका तर्फबाट मणि शर्माका साथै भारतका चर्चित कवि-लेखक राजा पुनियानी र मनोज बोगटी रहेका छन् | पुनियानीले साङ्ग्रिला बुक्स- इन्डियाको कार्यालय प्रमुख (सीईओ र बोगटीले प्रकाशन प्रमुखको जिम्मेवारी निभाउने पनि शर्माले जनाए।

सिलगढी कार्यालयमा 'साङ्ग्रिला बुक क्याफे' चलाउने अनि त्यहाँ किताबसँगै कफी पनि उपलब्ध गराउने बताउँदै शर्माले साङ्ग्रिला नेपाल बाहेक नेपालमा प्रकाशित लगभग सबै प्रकाशन संस्थाका किताब उपलब्ध गराइने पनि जनाए।

बुक क्याफेमा किताब विमोचन, किताब चर्चा, सर्जक भेटघाट, विचारगोष्ठी, लेखन-नाटक-फिल्म-फोटोग्राफीमाथि कर्मशाला, नयाँ पुराना कलाकारलाई लिएर साङ्गीतिक अनप्लग्ड शो, फिल्म शो, एथ्निक-सांस्कृतिक-साङ्गीतिक दुर्लभ सामान उपलब्ध गराउने, चित्रकला प्रदर्शनी, विद्यार्थीमुखी कार्यक्रमहरू आयोजन गरिने योजना रहेको शर्माले सुनाए।

उत्तर बङ्गालमा अलग तरिकाको एक मात्र किताब-गढ़को रूपमा उभिनु साङ्ग्रिला इन्डियाको लक्ष्य हो,’ उनले भने। यता साङ्ग्रिला इण्डियाका सीईओ राजा पुनियानीले भारतीय नेपाली सर्जकहरूलाई किताब प्रकाशित गरेवापत प्रकाशन संस्थाबाट रोयल्टी दिने चलन नरहेको जनाए। अब त्यो परम्परा साङ्ग्रिला इण्डियाले शुरु गर्नेछ,’ उनले भने, ‘यता धेरा राम्रा लेखसहरू छन्, उनीहरूलाई धेरै पाठकमा लाने हाम्रो योजना हो।
उनले विश्वमा धेरै ख्याती कमाइरहेका केही चर्चित लेखकहरूले उनीहरूको चर्चित किताबलाई नेपालीमा अनुवाद गर्ने अनुमति दिइसकेको पनि बताए। भारतका धेरै वितरक र अरू भाषाका प्रकाशकहरूसित पनि कुराकानी गरिसकेका छौं,’ उनले भने, ‘सबैको सहकार्यमा नेपाली किताबहरूलाई विश्वभरि लैजाने अनि विश्वका राम्रा किताबहरू नेपालीमा ल्याउने योजनालाई प्रमुखता दिइनेछ।

No comments:

Post a Comment

Post Bottom Ad