फिफा विश्वकप 2018 : 36 वर्षपछि विश्वकपमा फर्किएको पेरू डेनमार्कसँग पराजित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, June 16, 2018

फिफा विश्वकप 2018 : 36 वर्षपछि विश्वकपमा फर्किएको पेरू डेनमार्कसँग पराजित


गफसफ.com, सरान्सक 17 जुन।

स्ट्राइकर यूसुफ युरारी पलसनले दोस्रो हाफमा लगाएको गोलको सहयोगमा फिफा विश्वकप 2018 को ग्रुप सी-को खेलमा डेनमार्कले पेरूविरुद्ध 1-0 ले जित हासिल गरेको छ। पेरूका क्रिस्टियन कुएवाले पाएको पेनल्टीलाई सोझै गोलपोस्टदेखि बाहिर हिर्काएपछि बराबर हुनबाट पनि चुकेको हो।


36 वर्षपछि विश्वकपमा फर्किएको पेरूले एकाधिक सुन्दर गोल गर्ने मौकाहरू गुमाएको हो। उनीहरूले आक्रमक खेल खेल्दै बलमाथि नियन्त्रण राख्न सफल भए पनि भाग्यले साथ दिन नसक्दा गोल गर्न सकेन। जसको कारण हार स्वीकार्नु परेको छ। खेलको पहिलो हाफमा पेरूका खेलाडी कुएवालाई डेनमार्कका डिफेन्डरले डिबक्स क्षेत्रमा लडाएपछि पहिलो पेनल्टी प्राप्त भएको थियो। उक्त पेनल्टीलाई कुएवा आफै हिर्काए अघि सरेका थिए। तर उनले पेनल्टी सोझै गोलपोस्ट बाहिर हिर्काएपछि पहिलो गोल गर्ने मौका गुमाएको हो।

दोस्रो हाफको 59 औँ मिनटमा डेनमार्कका खेलाडी पालसनले पाएको सुन्दर मौकालाई गोलमा परिणत गरेपछि अन्तमा त्यहीँ गोलनै निर्णायक बनेको हो। डेनमार्कका स्टार खिलाड़ी क्रिस्टियन एरिक्सनले मैदानको मध्यभागमा बिपक्षी खेलाडीहरूलाई छक्काएर बडाएको गोलिलाई उनले पालसनलाई पास दिएपछि उक्त मौकालाई पालसनले पनि गल्ति नगरी गोलमा परिणत गरेको हो।

डेनमार्कका खेलाडी विलियम क्विस्ट पहिलो हाफमा चोटिल बनेपछि मैदान छोड्न परेको थियो। उनको स्थानमा लासे शोन मैदानमा उत्रिएका थिए। यसक्रममा डेनमार्कको पक्षमा गोल गर्ने मौका 39 औँ मिनटमा प्राप्त भएको थियो। तर गोलकिप्पर गालिसेले फुर्तिको साथमा बचाएका थिए।

डेनमार्कले एक गोल गरेपछि पेरूका खेलाडीहरू अझ आक्रमक खेल खेलेका थिए। उनीहरूले यसबिच डेनमार्कको गोलपोस्टमा एकाधिक गोल गर्ने मौका पनि बनाएको हो। तर, सटिक फिनिसिङको अभावमा कुनै गोल हुन नसक्दा उनीहरूको कोसिश विफल बनेको हो। खेलको 78 औँ मिनटमा कुएवाको पासमा कप्तान पाओलो गुएरोले पनि गोल गर्ने मौका पाए पनि उनी सफल हुन सकेनन्।

No comments:

Post a Comment

Post Bottom Ad