फिफा विश्वकप 2018 : आइसल्यान्डले 1-1 को बराबरीमा रोक्यो अर्जेन्टिनालाई, लियोनल मेस्सीको चलेन कुनै जादु - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, June 16, 2018

फिफा विश्वकप 2018 : आइसल्यान्डले 1-1 को बराबरीमा रोक्यो अर्जेन्टिनालाई, लियोनल मेस्सीको चलेन कुनै जादु

गफसफ.com, मास्को 16 जुन।

पहिलोपल्ट विश्वकप फुटबल खेलिरहेको आइसल्यान्डले सानदार प्रदर्शन गर्दै दुईचोटिको विश्व च्याम्पियन अर्जेन्टिनालाई बराबरीमा रोकेको छ। कडा डिफेन्सिभ खेल्ने आइसल्यान्डले अर्जेन्टिनासँग 1-1 गोलको बराबरी गर्न सफल बनेको हो।

खेलमा जादुई स्ट्राइकर लियोनल मेस्सीको कुनै जादु चल्न सकेन। उनले पाएको सुन्दर पेनल्टिलाई समेत गोलमा परिणत गर्न सकेनन्। यसका अतिरिक्त उनले अन्य केही सुन्दर मौकाहरू पाएका थिए तर सबै मौकालाई गोलमा परिणत गर्न सकेनन्। जसको कारण अर्जेन्टिना पहिलोपल्ट विश्वकप खेलिरहेको आइसल्यान्डसँग बराबरीमा रोकिन पुगेको हो।

खेलको 19 औँ मिनटमा अर्जेन्टिनाका कुन एगुएरोले पहिलो गोल गरेर 1-0 को अग्रता हासिल गरेको थियो। एक गोलले अघि रहेको अर्जेन्टिनाको खुशी धेरैबेरसम्म टिक्न पाएनन्। गोल खाएको 4 मिनट बित्न नपाई 23 औँ मिनटमा आइसल्यान्डका खेलाडी फिन बोगासनले गोल गरेर 1-1 को बराबरीमा ल्याएका थिए। जुन गोल स्कोर खेलको अन्तिम सयमसम्म कायम रहेको थियो।

पहिलो हाफमा 1-1 को बराबरीमा खेल समाप्त भएपछि दोस्रो हाफको 64 औँ मिनटमा अर्जेन्टिनालाई पेनल्टी प्राप्त भएको थियो। लियोनल मेस्सीले हिर्काएको पेनल्टिलाई आइसल्यान्डका गोलरक्षकले उनको किकलाई रोकेपछि अर्जेन्टिना जितबाट बञ्चित बन्न परेको हो।

बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सी आफ्ना देश अर्जेन्टिनाका निम्ति अहिलेसम्म सफल खेलाडी बन्न सकेका छैनन्। पछिल्लो विश्वकपमा अर्जेन्टिना फाइनल पुगेपनि जर्मनीसँग पराजयको सामना गर्न परेको थियो। पछिल्लो वर्षको उपविजेता अर्जेन्टिनाले यसवर्षको क्वालिफाइ मैचमा पनि राम्रो प्रदर्शन गर्न सकेको थिएन। पहिलो खेलमा आइसल्यान्डसँग बराबरीमा रोकिएपछि अब अर्जेन्टिनाले नाइजेरिया अनि क्रोएसियासँग भिँड्न पर्ने रहेको छ। यस्तो अवस्थामा अर्जेन्टिनालाई आगमी यात्रा अझ कठिन हुने निश्चित रहेको छ।

No comments:

Post a Comment

Post Bottom Ad