फिफा विश्वकप 2018 : रोमाञ्चक खेलमा पोर्तुगल स्पेन 3-3 को बराबारीमा, रोनाल्डोको ह्याट्रिकले हारबाट बाँच्यो पोर्तुगल - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, June 15, 2018

फिफा विश्वकप 2018 : रोमाञ्चक खेलमा पोर्तुगल स्पेन 3-3 को बराबारीमा, रोनाल्डोको ह्याट्रिकले हारबाट बाँच्यो पोर्तुगल


गफसफ.com, सोची 16 जुन।

भारतीय समय अनुसार राती 11:30 बजेदेखि सुरु भएको पोर्तुगल अनि स्पेनको खेल 3-3 को बराबरीमा रोकिएको छ। जसको कारण दुवै टोलिले केवल 1-1 अङ्क बाँड्नुपरेको छ। क्रिस्टियानो रोनाल्डोले 2018 को विश्वकपमा पहिलो ह्याट्रिक गर्ने नाउँ दर्ता गरेको छ। उनकै ह्याट्रिकले गर्दा स्पेनसँग 3-3को बराबरीमा रोकिएको हो।

खेलसुरु भएको केवल 4 मिनटमा क्रिस्टियानो रोनाल्डोले पहिलो गोल गरे। त्यसपछि उनले 44 मिनटमा दोस्रो गोल गरे अनि 88 औँ मिनटमा तेस्रो गोल गरेर ह्याट्रिक मात्र बनाएनन् तर स्पेनसँग हार्नलागेको खेल बराबरीमा रोकेका हुन्।

आक्रमक रणनीति बनाएर मैदानमा ओर्लिएको पोर्तुगल खेलाडीहरूले खेलको सिटी बज्नसाथ स्पेनमाथि दबाव बनायो। केवल 4 मिनटमा स्पेनका डिफेन्डरले डिबक्स क्षेत्रमा फाउल गर्दा पेनल्टी प्राप्त भएको हो। जसलाई रोनाल्डोले आफ्ना चिरपरिचित सर्ट खेल्दै टोलिको निम्ति पहिलो गोल गरेका थिए। सुरुआतमै 1-0 ले पछि परेका स्पेनका खेलाडीहरूले 1 गोल खाएपछि बिस्तारै गोलिलाई आफ्नो बहसमा राख्न सफल बनेको हो। त्यसपछि भने उनीहरूले बल पोजेसन बनाएर राखेपछि पोर्तुगल खेलाडीहरूलाई मैदानमा मुसा झैँ नचाएका थिए।

1-0 ले पछि परेका स्पेनका खेलाडीहरूले बिस्तारै गोलिलाई आफ्नो दखलमा पारेपछि डिएगो कोस्टाले 24 औँ मिनटमा पोर्तुगलका दुईजना डिफेन्डरलाई छक्काएर पहिलो गोले गर्दै 1-1को बराबरीमा पुर्‍याएका हुन्। त्यसपछि पहिलो हाफको 44 औँ मिनटमा पुन: रोनाल्डोले गोल गरेपछि स्पेनले 2-1 ले पछि परेको थियो।

दोस्रो हाफको खेल सुरु हुनसाथ स्पेन पोर्तुगलमाथि पूर्णरूले हाबी बनेको थियो। डिएगो कोस्टले 55 औँ मिनटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलिलाई 2-2 को बराबरीमा पुर्‍याउन साथ 58 औँ मिनटमा नाचोले पुन: पोर्तुगललाई गोल लगाएपछि स्पेन 3-2 ले अघि बनेको थियो। स्पेनिस खेलाडी नाचोले लामो दुरीबाट लगाएको किक पोर्तुगल गोलपोस्टमा लागेर सिधै भित्र पसेको हो।

अत्यन्त्यै रोमाञ्चकपूर्ण रहेको खेलमा दुवै टोलिका एक-एकजना खेलाडीहरूले गुल्चे खेल्दा पहेंलो कार्ड देखाइएको थियो। स्पेनले आफ्नो चिरपरिचित फुटबल शैली ‘टिकी टाका’ लाई यसपल्ट पनि जारी राखेका थिए। छोटो दुरीको बल पास गरेर बिपक्षी खेलाडीहरूला हत्तु हैरान मात्र होइन तर ध्यान समेत भड्काउन सफल स्पेनिस टोलिलाई अन्तमा जितबाट चुकेर बराबरीमा सन्तोक गर्न परेको थियो।

खेलको 90 औँ मिनटसम्म स्पेनले बलमाथी 62 प्रतिशत कायम बनाएर राख्न सफल बनेको थियो भने पुर्तुगलले केवल 38 प्रतिशक मात्रै बलमाथि नियन्त्रण बनाएर राख्न सक्यो। त्यहीँ अर्कोतर्फ स्पेनले बिपक्षी दल 12 वटा सर्ट लगाएको थियो भने पोर्तुगलले केवल 8 सर्ट लगाउन सक्यो। एकार्कलाई बल पास दिने मामिलामा स्पेन 92 प्रतिशत सफल रह्यो भने 85 प्रतिशत बल पास पोर्तुगलले गरेको थियो।

 स्मरण रहोस्, यसभन्द अघि स्पेन अनि पोर्तुगलको माझमा विश्वकपको खेल सन् 2010को अन्तिम 16 मा भएको थियो। त्यसबेला खेलको 63 औँ मिनटमा डेभिड भिल्लाको गोलको सहायताले स्पेनले जित दर्ता गर्न सक्षम भएको थियो भनो सोही वर्ष स्पेनको विश्वकपको खिता पनि जित्न सफल भएको थियो।

No comments:

Post a Comment

Post Bottom Ad