फिफा विश्वकप 2018 : रोमाञ्चक खेलमा ईरानले 1-0 ले जित्यो मोरक्कोलाई - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, June 15, 2018

फिफा विश्वकप 2018 : रोमाञ्चक खेलमा ईरानले 1-0 ले जित्यो मोरक्कोलाई


गफसफ.com, सेन्ट पिटर्सबर्ग 15 जुन।

ईरानले फिफा विश्वकप 2018 को ग्रुप-बी को अत्यन्त्यै रोमाञ्चक खेलमा  मोरक्कोलाई 1-0 ले पराजित गरेको छ। खेलको 89 औँ मिनटमा मोरक्को खेलाडीले आत्माघाती गोल गरेपछि ईरानले जितको स्वाद चाख्न पाएको हो। 


हाईभोल्टेज उत्तेजना अनि आक्रोशका साथ सुरु भएको आक्रमक खेलमा सुरुदेखिने मोरक्कोले ईरानमाथि दबाव बनाएर राखेको थियो। यद्यपी उनीहरूले सटिक फिनिसिङ दिन नसक्दा अनि आखिरमा आफ्नै टोलिका खेलाडीले आत्माघाती गोल गरेपछि मोरक्कोले हार बेहोर्नु परेको हो।

खेल सुरु भएको 15 मिनट सम्म मोरक्को खेलाडीले ईरानमाथि पूर्णरूपले दबाव बनाएर राखेको थियो। सटिक पास, बलमा सहि नियन्त्रण बनाएर उनीहरूले आक्रमक खेल खेलेर ईरानलाई हत्तु हैरान बनाएको थियो। यसैक्रममा खेलको 15 औँ  अनि 18 औँ मिनटमा सुन्दर गोल गर्ने मौका समेत पाएको थियो। यद्यपि गोल गर्न चुकेपछि आखिरमा पराजयको सामना गर्न परेको हो। यसक्रममा 20 औँ मिनटमा ईरानलाई पनि गोल गर्ने अवसर प्राप्त भएको थियो तर, उनीहरूले पनि मौका चुकाएका थिए।

खेलको अन्तिम समयसम्म मोरक्कोले 66 प्रतिशत बल पोजेशन आफ्नो पक्षमा बनाएर राखेपनि उनीहरूले पाएको मौकालाई गोलमा परिणत गर्न भने सकेन। यसक्रममा 12 औँ चोटि उनीहरूले ईरानको गोलपोस्टमा प्रहार गरेको थियो भने जवाबमा ईरानले मोरक्कोको गोलपोस्टमा 8 चोटि प्रहार गरेको तियो। मोरक्कोले ईरानको गोलपोस्टमा लगाएको प्रहारहरू मध्ये 4 वटा प्रहारलाई भने ईरानका डिफेन्डरहरूले रोकेर गोलहुनबाट बचाएका थिए। 

चरम उत्तेजनाले भरिएको खेलमा तीनजना खेलाडीहरूलाई गुल्चे खेल्दा पहेंलो कार्ड देखाइएको थियो भने मैदान बाहिर कोचहरू पनि आवेशमा आएर झोंक्का-झोंक्की भएको थियो।

No comments:

Post a Comment

Post Bottom Ad