फिफा विश्वकप 2018 : फ्रान्सले 2-1 को अन्तरले जित्यो अस्ट्रेलियालाई - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, June 16, 2018

फिफा विश्वकप 2018 : फ्रान्सले 2-1 को अन्तरले जित्यो अस्ट्रेलियालाई


गफसफ.com, कजान 16 जुन।

एन्टोनी ग्रीजमेन अनि पोग्बाको एक-एक गोलको सहयोगमा फ्रान्सले अस्ट्रेलियालाई 2-1 ले पराजित गरेको छ। फिफा विश्वकपकोप तेस्रो दिनको पहिलो खेलमा फ्रान्सले अस्ट्रेलियालाई पराजित गरेर आफ्नो पक्षमा 3 अङ्क जोडेको छ।

खेल सुरु भएको 58 औँ मिनटमा फ्रान्सका खेलाडीलाई डिबक्स क्षेत्रमा लडाउँदा पेनल्टि प्राप्त भएको थियो। जुन मौकालाई एन्टोनी ग्रीजमेनले कुनै गल्ति नगरी विपक्षीको नेटभित्र बल छिराएका थिए। यद्यपि उक्त खुशी फ्रान्स खेलाडीहरूका निम्ति धेरैबेरसम्म टिक्न सकेन। खेलको 62 औँ मिनटमा अस्ट्रेलियाले पनि पेन्ल्टि पाएपछि कप्तान जेडिनेकले गोल गरेर 1-1 को बराबरीमा पुर्‍याएका थिए।

खेलको 81 औँ मिनटमा फ्रान्स खेलाडी पोग्बाले अस्ट्रेलियाको गोलपोस्टमा पुन: एक गोल लगाएपछि त्यहीँ गोल नै आखिरमा निर्णायक बन्न पुगेको हो। खेलको पहिलो हालमा भने कुनै गोल हुन सकेन। सुरुआत फ्रान्सका युवा खेलाडीहरूले आक्रम खेल खेले पनि पछिबाट अस्ट्रेलिया खेलाडीहरूले पनि प्रदर्शनमा सुधार ल्याएर बल नियन्त्र बनाएर राख्न सकेको थियो। 

फ्रान्सका युवा खेलाडीहरूले पहिलो खेलमा अपेक्षाकृत उत्कृष्ट प्रदर्शन भने गर्न सकेनन्। खेलमा एकाधिक मौका अस्ट्रेलिया खेलाडीहरूलाई पनि प्राप्त भएको थियो तर उनीहरूले मौकालाई गोलमा भने परिणत गर्न नसक्दा हार स्वीकार्नु परेको छ।

No comments:

Post a Comment

Post Bottom Ad