102 थिच्नुहोस् नि:शुल्क एम्बुलेन्स सेवा लिनुहोस् - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, June 29, 2018

102 थिच्नुहोस् नि:शुल्क एम्बुलेन्स सेवा लिनुहोस्

गफसफ.com, कालेबुङ 29 जून।

कालेबुङ जिल्ला अस्पतालमा राष्ट्रिय स्वास्थ्य मिसन अन्तर्गत जीटीएद्वारा मातृयान एम्बुलेन्स प्रदान गरिएको छ। आधुनिक सुविधा सम्पन्न उक्त एम्बुलेन्सले आजदेखि आफ्नो सेवा कार्य आरम्भ गरेको छ। कालेबुङ जिल्ला अस्पतालमा एक कार्यक्रमको आयोजना गरेर चिफ मेडिकल अफिसर अफ् हेल्थका डा. निरुपम विश्वास, स्वास्थ्य अधिक्षक अङ्कन सिमलाङ्दी, नगरपालिका अध्यक्ष रवी प्रधान लगायत आदिको बाहुलीबाट हरियो झण्डा देखाइएर सेवा सुरु गरिएको हो। 

विशेष गरेर बिरामीहरूलाई सुविधा प्रदान गर्नका निम्ति विभागले उक्त सेवा आरम्भ गरेको हो। विभागले उक्त एम्बुलेन्सको सेवा प्रदान गर्नका निम्ति टोल फ्री नम्बर 102 को पनि आजदेखि सुरु गरिएको छ। कुनै पनि आपतकालिन समयमा बिरामीहरूलाई एम्बुलेन्सको सुविधा चाहिएको खण्डमा टोल प्री नम्बर 102 मा डायल गर्न सक्नेछन्। उक्त नम्बरमा फोन लगाए एम्बुलेंसको सेवा प्राप्त गर्न सकिनेछन् भने एम्बुलेन्समा जीपीएस सिस्टम पनि जडान गरिएको छ। जसको कारण एम्बुलेन्सको लोकेसन पनि प्राप्त गर्न सकिनेछ। 

यस सम्बन्धमा चिफ मेडिकल अफिसर अफ् हेल्थका डा. निरुपम विश्वासले जानकारी गराउँदै राष्ट्रिय स्वास्थ्य सेवा अन्तर्गत उक्त एम्बुलेन्स सेवा सुरु गरिएको जानकारी दिएका छन्। एम्बुलेन्स सेवाको उद्घाटन पछि पहिलोपल्ट उक्त सेवाको उपभोग टिस्टा निवासी एकजना बिरामीले उठाएको उनले जानकारी दिएका छन्।

अर्कोतर्फ उक्त एम्बुलेन्स सेवाको उद्घाटन पछि कालेबुङ नगरपालिका अध्यक्ष रवी प्रधानले यसलाई एउटा ठूलो उपलब्धी रहेको बताउँदै जीटीएले कालेबुङ जिल्लावासीलाई उक्त सुविधा दिएको बताएका छन्।

यसैक्रममा आपतकालिन प्रबन्धन कार्यकारी कालोल कान्ति घोषले पहिलो चरणमा कालेबुङ जिल्ला अस्पतालका निम्ति उक्त एम्बुलेन्स आएपनि पछिबाट सम्पूर्ण खण्ड स्वास्थ्य केन्द्रहरूमा पनि उपलब्ध रहने बताएका छन्। यसक्रममा उनले एम्बुलेन्समा प्रत्येक समय एकजना स्वास्थ्य कर्मीको पनि उपस्थिति रहने बताउँदै विशेष गरेर प्रसुती महिलाहरूका निम्ति उक्त एम्बुलेन्स सेवा खुबै उपयोगी रहेको बताएका छन्।  

No comments:

Post a Comment

Post Bottom Ad