गफसफ.com, कालेबुङ
29 जून।
घट्नापछि उनलाई स्थानीय मानिसहरूको सहयोगमा तत्कालै कालेबुङ अस्पतालमा
ल्याइपुर्याइएको थियो। स्थानीय मानिसहरूको सहयोगमा वाहनका मालिकले कालेबुङ
अस्पतालमा ल्याएपछि उनको प्राथमिक उपचार गरेर सिलगडी रेफर गरिएको छ। यता घट्नाबारे
वाहनका मालिक्सँग जान्न चाहँदा उनले वाहनमा आएको तक्निकी खराबी भएको कारण नै उक्त
घटना भएको बताएका छन्।
बाटोमा उभिरहेका एक व्यक्तिको खुट्टामाथी वाहनको चक्का चढेपछि उनको दाहिने
खुट्टा भाँच्चिएको छ। घट्ना टिस्टा बजारमा भएको हो। प्राप्त जानकारी अनुसार ग्लेनबर्न
चिया कमानका बासिन्दा नरेश सार्की (38) आफ्नो कार्य लिएर टिस्टा बजारमा उभिरहेका
थिए। त्यसैबेला वाहनले उनलाई हिर्काउँदा खुट्टा भाँच्चिएको छ।
प्राप्त जानकारी अनुसार नरेश सार्की बाटोको
छेउमा उभिरहेका थिए। त्यसै समय एका-एक तक्दाहबाट कालेबुङ आइरहेको स्विफ्ट (MP 20-CG, 1483) चढेपछि
उनको दाहिने खुट्टा भाँच्चिएको हो। जसको कारण उनी गम्भिर घाइते भएका छन्। उक्त
घट्ना बिहान लगभग 10.30 बजीतिर भएको हो। वाहनका मालिक राकेश लामेले सोझै नरेश
कार्कीलाई धक्का दिएपछि उनी गम्भिर घाइते बनेका हुन्।

No comments:
Post a Comment