‘आप्पा’-को सुटिङ दार्जीलिङपछि कालेबुङमा चलिरहेको छ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, May 19, 2018

‘आप्पा’-को सुटिङ दार्जीलिङपछि कालेबुङमा चलिरहेको छ


गफसफ.com, कालेबुङ 20 मई।

नेपाली सुपरस्टार दयाहाङ राईको साथमा युवा निर्देशक अन्मोल गुरुङको निर्देशनमा फिल्म आप्पा’-को सुटिङ चलिरहेको छ। कालेबुङबाट निर्माण भइरहेको चलचित्र आप्पाको सुटोङ कार्य अहिलेघरी लगभग 60 प्रतिशत समाप्त भइसकेको छ। 


फोटोमा – दाहिनेबाट निर्देशक अन्मोल गुरुङ, दयाहाङ राई, तुलसी घिमिरे अनि अरूणा कार्की 

आप्पा चलचित्रमा दयाहाङ राईले आप्पाको मुख्य भूमिका निभाएका छन्। फिल्ममा सुपरस्टार दयाहाङसँगै चर्चित फिल्म निर्माता एवम् निर्देशक समेत रहेका तुलसी घिमिरेको पनि अभिनय रहेको छ। उमानेपाली चलचित्रमा पहिलोचोटी एकसाथ काम गर्ने दयाहाङ राई अनि तुलसी घिमिरे दोस्रोचोटी आप्पा फिल्ममा देखिनेछन्। यसका साथै नेपाली फिल्ममा छुट्टै पहिचान बनाएकी अरूणा कार्की पनि आप्पाफिल्ममा देखिनेछन्।


कालेबुङबाट पहिलोचोटी गतिलो लागतमा निर्माण हुँदै गरेको ठूलो पर्दाको फिल्म आप्पा’-को सुटिङ दार्जीलिङको चर्चित पर्याटन स्थल सन्दकपु, कालपोखरी, माने भञ्जाङ आदि स्थानहरूमा समापन भइसकेको छ। विश्वजनिन कथा बोकेको आप्पाफिल्मले पहाडका एकाधिक पर्याटन स्थलहरूलाई पनि समेट्ने कार्य गरिरहेको छ। उक्त फिल्ममा विश्व धरोहर दार्जीलिङको सानो रेल’-को सुटिङ हुन भने अझैँ बाँकी रहेको छ। दार्जीलिङको सुटिङ कार्य धेरजसो समापन भएपछि अहिले फिल्मको सुटिङ कालेबुङका विभिन्न स्थानहरूमा भइरहेको छ। कालेबुङ मन्सोङ सिन्कोना बगान, सन्त अगस्टिन विद्यालय, पुचे डाँडा लगायतका स्थानहरूमा सुटिङ कार्य हालमा चलिरहेको छ भने कालेबुङको मुटु मानिने डम्बर चौकमा सुटिङ हुन बाँकी रहेको छ

प्रस्तुत छ फिल्म सम्बन्धिका फोटो फिचर 










No comments:

Post a Comment

Post Bottom Ad