दुर्घट्नापछि बन्द भएको राफ्टिङको सञ्चालन सुरू; 17 वटा जाँचको क्रममा भयो रद्द - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, May 21, 2018

दुर्घट्नापछि बन्द भएको राफ्टिङको सञ्चालन सुरू; 17 वटा जाँचको क्रममा भयो रद्द

गफसफ.com, कालेबुङ 21 मई।

टिस्टा नदीमा चल्ने राफ्टिङ बन्द भएको 11 दिनपछि सुचारू भएको छ। साहासिक पर्याटनको रूपमा बिकसित टिस्टा रिभर राफ्टिङ 9 मईका दिनदेखि बन्द भएको थियो। छालमा परेर राफ्टिङ पल्टेपछी एकजना पर्याटकको नदीमा डुबेर अधिक पानी खाएको कारण मृत्यु भएदेखि जिल्ला प्रशासनले बन्द गरेको थियो।

FILE Photo


पर्यटनको मौसममा 11 दिनसम्म बन्द भएको रिभर राफ्टिङ आखिरमा जीटीए, जिल्ला प्रशासन अनि राफ्टिङ सञ्चालकहरूको धारावहिक सभापछि सञ्चालनमा आएको छ। आईतबार जीटीए पर्यटन विभाग, जिल्ला प्रशासन अनि पुलिस प्रशासनले राफ्टिङका सम्पूर्ण सुरक्षा समाग्रीहरूको जाँच गरेपछि आजदेखि सुरु भएको हो। जीटीए पर्याटन विभागका निर्देशक सोनाम याखा, कालेबुङ जिल्ला प्रशासनका डिपुटी म्याजिस्ट्रेज ज्योति घोष अनि पुलिस प्रशासनका प्रतिनिधीवर्गले आइइतबार सम्पूर्ण राफ्टिङ सञ्चालकहरूको बोर्ड अनि सुरक्षाका सामाग्रीहरू जाँच्ने कार्य गरेको थियो। लाबरबोटे, मल्ली अनि 7 माईल क्षेत्रमा पुगेर सम्पूर्ण राफ्टिङहरूको जाँच गर्दा 17 वटा राफ्टिङ बोर्डलाई रद्द समेत गरिएको छ। सुरक्षाको दृष्टिले उक्त 17 वटा राफ्टिङ बोर्ड खत्रा रहेको कारण रद्द गरिएको हो।


जाँच कार्यमा पास भएका राफ्टिङलाई चिन्हित गर्न सुविधाको निम्ति नम्बर लगाउने कार्य पनि भएको छ। उक्त नम्बर धारक राफ्टिङ मात्रै अब टिस्टा नदीमा पर्याटकहरूलाई लिएर चल्न सक्नेछ। यसका साथै राफ्टिङ चलाउने पायलटहरू पनि तालिमप्राप्त हुनपर्ने निर्देश दिइएको छ। लाइसेन्स नभएका व्यक्तिहरूलाई अब उसो भविस्यमा राफ्टिङ सञ्चालन गर्न नदिने भएको छ भने उनीहरूलाई झट्टै लाइसेन्स बनाउनका निम्ति केही महिनाको समय दिइएको छ।

टिस्टा नदीमा राफ्टिङ दुर्घट्नामा एकजना पर्यटकको मृत्यु भएपछि हामीले राफ्टिङको सम्पूर्ण सुरक्षा उपकरणहरू जाँच गरेका छौँ। पर्याटनको मौसममा राफ्टिङ बन्द नहोस् भनेर यसलाई सञ्चालन गर्न झट्टै पहल गरेर राफ्टिङ बोर्डहरूको जाँच गरेर पास हुनेहरूलाई सॅञ्चालनको अनुमति दिएका छौँसोनाम याखाले अझ भने –‘अब राफ्टिङ केवल तालिम गरेर लाइसेन्स भएका व्यक्तिले मात्र चलाउनेछन्।
अर्कोतर्फ पर्याटकहरूको सुरक्षालाई ध्यानमा राखेर जिल्ला प्रशासनको पक्षबाट राफ्टिङ जाँच गर्न पुगेका डिपुटी म्याजिस्ट्रेट ज्योति घोषले सम्पूर्ण सुरक्षाका उपकरणहरू रहेका राफ्टिङहरूलाई चलाउने अनुमति दिएको बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad