चालकवर्गको समस्या समाधान गर्न जीटीएको वैठक, विनय तामाङले भने –‘पहाडमा राजनीति होइन समाजसेवा गरिरहेको छु’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, May 19, 2018

चालकवर्गको समस्या समाधान गर्न जीटीएको वैठक, विनय तामाङले भने –‘पहाडमा राजनीति होइन समाजसेवा गरिरहेको छु’


गफसफ.com, दार्जीलिङ 20 मई।

पहाड़मा मैले राजनीति होइन समाजसेवा गरिरहेको छु। हजार गाली सहेर पनि मैले कसैलाई गाली गरेको छुइँन। दार्जीलिङ पहाड़को विकास होस्, हाम्रो भावी-पीढ़िको भविष्य उज्ज्वल होस् भन्ने उद्देश्यले दिनरात खटिरहेको छु’ –उक्त कुरा जीटीए अध्यक्ष विनय तामाङले भनेका हुन्। उनी दार्जीलिङको जीमखानामा आयोजित एउटा सभालाई सम्बोधन गर्दै बोलिरहेका थिए।

Binoy Tamang (file Photo)
जीटीए क्षेत्रका दार्जीलिङ अनि कालेबुङ जिल्ला पुलिस प्रशासन एवं जीटीएक्षेत्रका चालक संगठनहरूमाझ जीटीएक्षेत्रभरिकै यातायात सम्बन्धि समस्याहरूमाथि चर्चा- परिचर्चा गर्न शनिबार जीमखानाको बेङ्केट हलमा एउटा सभा सम्पन्न भएको थियो सोही सभालाई सम्बोधन गर्दै तामाङले पहाडको उज्जवल भविष्यका निम्ति कार्य गरिरहेको दाबी गरे।

सभामा उपस्थित चालकहरूलाई अनुशासन एवं जिम्मेवारी निर्वाह गर्ने अपील गर्दै तामाङले दार्जीलिङ पहाड़लाई मन पराउने होइन माया गर्ने नागरिक बन्ने अपिल गरेका थिए। फूल मन पराउँछु भन्नेहरूले चुड़ाउने गर्छन् तर माया गर्छु भन्नेहरूले त्यसको स्याहार- सुसार गरेर अझ सुन्दर बनाउँछन्बिनय तामाङले अझ भने –‘यसैले आफ्नो दार्जीलिङ पहाड़लाई पनि तपाईहरूले मन पराउने होइन तर माया गर्ने गर्नुहोस्।
आफ्नो ठाउँलाई माया गर्नुहोस्, अनुशासनमा बसेर आफ्नो ठाउँमा स्याहार-सुसार गर्नुहोस् तपाईहरूको 50 प्रतिशत समस्याको आफै समाधान भएर जानेछ र बाँकी 50 प्रतिशत समस्या समाधान गर्ने जिम्मा सरकारको हो। त्यो समस्याको समाधान हामी गर्नेछौंसभालाई सम्बोधन गर्दै बिनय तामाङले अझ भने।
 सभामा दार्जीलिङ, खरसाङ, कालेबुङ, मिरिक आदिक्षेत्रका विभिन्न स्थलहरूबाट चालक एवं वाहन मालिकहरूको उपस्थिति रहेको थियो। उनीहरूले आ-आफ्ना प्रकारका समयाहरू समाभा राखेका थिए। चालक एवं वाहन मालिकहरूको विभिन्न समस्या एवं दार्जीलिङ पहाड़को यातायात व्यवस्था व्यवस्थित गर्नलाई जीटीएले लगातार राज्य सरकारसित कुराकानी गरिरहेको र आधा समस्याहरूको समाधानको मार्गहरू पनि निस्किसकेको पनि तामाङले सभामा बताए।

उक्त सभामा चालक महासघं खरसाङ, चालक महासंघ कालेबुङ, हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटी, दार्जीलिङ ट्रक ड्राइभर्स ओनर्स एशोसिएसन, बस ओनर्स एशोसिएसन, अल ट्रान्सपोर्ट जोइन्ट एक्शन कमिटी आदि संगठनका प्रतिनिधिहरूले आफूहरूले झेलिरहेका विभिन्न समस्याहरूबारे सभामा प्रकाश पारेका थिए। मुख्यरूपले सभामा चालक संगठनहरूको पक्षबाट पार्किङ व्यवस्थालगायत प्रशासनिक असुविधाहरूबारेमा प्रकाश पारिएको थियो भने चालकहरूको मस्यालाई दह्रिलोरूपमा शीर्षस्तरसम्म पुराउन दह्रिलो छाता संगठन गठन गरिनुपर्ने पनि चालकहरूले प्रस्ताव राखेका गरेका थिए।

चालकहरूलाई सम्बोधन गर्दै दार्जीलिङ पुलिस प्रशासनको पक्षबाट दार्जीलिङ एसपी ओपरेशनले दार्जीलिङमा बड़्दै गइरहेको पर्यटन मौसमलाई ध्यानमा राख्दै पुलिस प्रशासनको पक्षबाट भोलिदेखि पूर्वघोषित घूमदेखि लेबोङसम्मका स्टपेजहरूमामात्रै गाड़ी रोक्न दिने नियम कड़ाकड़ीरूपमा लागु गर्ने उल्लेख गर्दै यसमाथि चालक संगठनहरूले पनि सहयोग गरिदिनुपर्ने आह्वान गरे।

No comments:

Post a Comment

Post Bottom Ad