कर्नाटकमा बनिने भयो कङ्ग्रेस-जेडीएसको सरकार, राहुल गान्धीले भने –‘कर्नाटकको परिणामले बीजेपीले शिक्षा लिनेछन्' - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, May 19, 2018

कर्नाटकमा बनिने भयो कङ्ग्रेस-जेडीएसको सरकार, राहुल गान्धीले भने –‘कर्नाटकको परिणामले बीजेपीले शिक्षा लिनेछन्'


गफसफ.com, नयाँ दिल्ली19 मई

कर्नाटकमा येदुरप्पा सरकार ढलेपछि कङ्ग्रेस अध्यक्ष राहुल गान्धीले लोकतन्त्रलाई किन्न नसक्ने दाबी गरेका छन्। उनले पत्रकार सम्मेलन डाकेर कर्नाटकको घट्नाक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीको चरित्र प्रजातान्त्रिक नभएर तानाशाही रहेको समेत आरोप लगाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी देश एवम् देशका जनता अनिसंवैधानिक संस्थाहरूभन्दा ठूलो होइनन्। प्रधानमन्त्रीको मोडल लोकतान्त्रिक होइन तर तानाशाही प्रवृत्तिका छन्राहुल गान्धीले भने।


उनले कर्नाटकका जनताले प्रधानमन्त्री अनि बीजेपी अध्यक्ष अमित शाहलाई किन्न सक्दैनन् भन्ने प्रमाणित गरेर देखाइदिएको बताउँदै भारतमा ताकत अनि पैसा नै सबैथोक होइन। मलाई विश्वास छ कि बीजेपी अनि आरएसएसले कर्नाटकको परिणामबाट शिक्षा लिनेछन्।यसक्रममा उनले बीजेपीले मिडिया समक्ष खुल्ला रूपले कङ्ग्रेस अनि जेडीएस बिधायकहरूलाई किन्ने कोशिस गरेको पनि आरोप लगाएका छन्।
प्रधानमन्त्रीले भ्रष्टचारको विरुद्ध लडीरहेको भन्छन्, तर आफै भ्रष्ट छन्। हामीले फोनमा भएको कुराकानी सार्वजनिक गरेका छौँ। मानिसहरू सचेत छन् जसको कारण हरेक संस्थालाई झुकाउनु सक्छन्राहुल गान्धीले भने।

No comments:

Post a Comment

Post Bottom Ad