कर्नाटकमा चल्यो राजनैतिक नाटक अनि आखिरमा ढल्यो बीजेपी सरकार - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, May 19, 2018

कर्नाटकमा चल्यो राजनैतिक नाटक अनि आखिरमा ढल्यो बीजेपी सरकार


गफसफ.com, बेंगलुरु 19 मई

कर्नाटकमा चुनावपछि नाटकीय घट्नाक्रमको बिचमा गठन भएको बेजीपी सरकार नाटकीय तरिकालेनै ढलेको छ। मुख्यमन्त्री येदुरप्पाले आखिरमा मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि बेजीपी सरकार कर्नाटकमा ढलेको हो। केवल अडाई दिनका निम्ति मुख्यमन्त्री बनेका येदुरप्पाले विधानसभामा बहुमत प्रमाणित गर्न अघि सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरे। विधानसभालाई सम्बोधन गर्दै येदुरप्पाले भने –‘म फर्केर आउनेछु, 150 भन्दा धेर सिट जितेर आउनेछु।उनले बेजीपीको पक्षमा बहुमत भएको दाबी गर्दै आफ्नो राजीनामा राज्यपाललाई सुम्पने घोषणा गरे।


येदुरप्पाले भावुक भाषण दिँदै प्रधानमन्त्री मोदी अनि भाजपा अध्यक्ष अमित शालप्रति आभार व्यक्त गरे। उनले भने –‘मोदी अनि अमित शाहले अप्रेल 2016 मा मलाई कर्नाटक बीजेपी अध्यक्ष बनाएर मुख्यमन्त्री उम्मेद्वार बनाएका हुन्। त्यस दिनदेखि आजसम्म मैले दुईवर्ष राज्यका सम्पूर्ण ठाउँ पुगेर समस्याहरू सुन्ने कार्य गरे। मैले जनताको माया जित्न सफल भए। राज्यका जनताले हाम्रो कोशिसलाई पूर्णरूपले सहयोग गरिरहेका थिए। मेरो पक्षमा 104 जना बिधायक छन्, तर राज्यका जनताले जेडीएस अनि कङ्ग्रेसलाई पूर्णरूपले नकार दिएका छन्।

उनले कङ्ग्रेस अनि जेडीएसलाई जनादेश प्राप्त नभएको बताउँदै दुवैले जनताको जनादेशको विरूद्ध मौका हेर गठनबन्धन गरेको आरोप लगाए। दुवै पार्टी अवसरवादी हुन्येदुरप्पाले कङ्ग्रेस अनि जेडीएसलाई भने।

बहुमत जुटाउन सकेन बेजीपीले

कर्नाटक विधानसभामा 222 सिटको निम्ति चुनाव भएको थियो जहाँ बहुमतको निम्ति 112 सिटको आवश्यक्ता रहेको थियो। बीजेपीले 104 आसन जितेर सबैभन्दा ठूलो दल बनिए पनि सरकार गठनको निम्ति पर्याप्त सङ्ख्याबल भने पुगेको थिएन। यता कङ्ग्रेसले 78 सिट जितेको छ भने जेडीएसले 37 आसनमा जितेको छ अनि 3 आसन अन्य दलको खातामा गएको छ। येदुरप्पालाई बहुमत प्रमाणित गर्नका निम्ति 8 जना अतिरिक्त विधायकवर्गको समर्थन चाहिएको थियो जुन समर्थन जुटाउन असमर्थ बनेपछि आखिरमा येदुरप्पाले राजीनामा दिने घोषणा गरेका हुन्।

सफल भयो कङ्ग्रेस-जेडीएसको रणनीति

कर्नाटकमा 104 आसन जितेर बीजेपीलाई सरकार गठन गर्न नदिनुमा कङ्ग्रेस-जेडीएसको रणनीति सफल भएको छ। बीजेपीलाई 112 जना विधायकको आङ्कडा जुटाउन अघिबाटै कठिन भए पनि येदुरप्पाले मुख्यमन्त्रीको रूपमा सपथ ग्रहण गरेका थिए। त्यसपछि मामिला सर्वोच्च न्यायालयमा पुगेपछि आज उनले आफ्नो बहुमत प्रमाणित गर्नुपर्ने निर्देश रहेको थियो। अन्तमा येदुरप्पाले आफ्नो बहुमत प्रमाणित गर्न अघि नै राजीनामाको घोषणा गरेका हुन्।

1 comment:

Post Bottom Ad