दार्जीलिङका विवादित आईसीलाई मुख्यमन्त्री वीरता अवार्ड, सहिद अमिताभ मलिक अनि एसपीलाई पनि दिइने भयो वीरता अवार्ड - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, May 6, 2018

दार्जीलिङका विवादित आईसीलाई मुख्यमन्त्री वीरता अवार्ड, सहिद अमिताभ मलिक अनि एसपीलाई पनि दिइने भयो वीरता अवार्ड


गफसफ.com, दार्जीलिङ 6 मई।

दार्जीलिङ सदर थानाका विवादित आईसी सौम्यजीत रोयलाई मुख्यमन्त्री वीरता अवार्डको निम्ति चयनित गरिएको छ। उनले गोजमुमो कार्यकर्तालाई फोनमार्फत् धम्काउने कार्य गर्नुको साथै तिनका आमा अनि बहिनीलाई बलत्कार गर्ने धम्कि दिएको अडियो क्लिप सोसियल मिडियामा भाइरल बनेपछि विवादमा परेका थिए। उनै आईसी सौम्यजित रोयलाई वर्ष 2017 को मुख्यमन्त्री वीरता अवार्ड प्रदान गरिने भएको छ। यसका साथै सहिद अमिताभ मलिक अनि एसपी अखिलेश चतुर्वेदीलाई पनि मुख्यमन्त्री वीरता अवार्डको दिइने घोषणा गरिएको छ।

सहिद अमिताभ मलिक 



सदर थानाका आईसी औम्यजित रोयको नाम त्यसबेला चर्चामा आएको थियो जतिबेला उनले फोन मार्फत् गोजमुमो कार्यकर्तालाई धम्कि दिनको साथ उनका आमा अनि बहिनी समेतलाई बलत्कारको धम्कि दिएका थिए। उनै विवादित आइसी सौम्यजित रोयलाई मुख्यमन्त्री वीरता अवार्ड 2017 ले सम्मानित गरिने भएको छ।
आइसी सौम्यजित रोयले फोनमा गोजमुमो कार्यकर्ताको घर जलाउने अनि उनका आमा साथै बहिनीलाई बलत्कार गर्ने धम्कि दिएपछि उनी विरुद्ध बिभागीय जाँचको आदेश दिइएको पुलिस अधिक्षक अखिलेश चतुर्वेदीले दिएका थिए। तर, उक्त जाँच के भयो भन्ने विषयमा भने आजसम्म रहस्यनै रहेको छ।

मुख्यमन्त्री वीरता अवार्डका निम्ति सौम्यजीत रोयको साथै दार्जीलिङ जिल्ला पुलिस अधिक्षक अखिलेश चतुर्वेदी अनि छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनमा सहिद बनेका एसआई अमिताभ मल्लिक अनि दार्जीलिङ सदर थानाका एसआई अभिजित विश्वासलाई चयनित गरिएको छ।

No comments:

Post a Comment

Post Bottom Ad